दाङ । राष्ट्रिय जनमोर्चा दाङको घरदैलो तथा सदस्यता अभियान निरन्तर चलेको छ । ‘संघीयता खारेज गर चर्को कर वृद्धि फिर्ता गर’ भन्ने मूल नाराका साथ चलेको अभियान राजपुर गाउँपालिकाका विभिन्न गाउँहरुमा सम्पन्न भएको छ । अभियानको सिलसिलामा दर्जनौंले राष्ट्रिय जनमोर्चाको सदस्यता लिइरहनु भएको छ ।
यसै क्रममा राजपुर ६ मा गाउँपालिका स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । लुद्र बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले दिप प्रज्वलन गरेर गर्नु भएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा गाउँ समितीका पुर्ब अध्यक्ष जसबहादुर घर्ती, अखिल नेपाल महिला संघ प्रतिनिधि टीका बुढा, अखिल नेपाल युवक संघ प्रतिनिधि सेरबहादुर बुढा, सक्रिय कार्यकर्ता टोपबहादुर घर्ती लगायतले मन्तब्य राख्नु भएको थियो ।
टेकबहादुर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष महेस रिजालले गर्नु भएको थियो । त्यस पश्चात् जिल्ला अध्यक्ष गणेश आचार्य र उपाध्यक्ष महेस रिजालले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।