- मेघराज रिष्मेली/सञ्जाल शर्मा
गलकोट, बागलुङ । राष्ट्रिय जनमोर्चाले तिहारको अवसरमा देशै भर देउसी भैलो सञ्चालन गरेको छ । राष्ट्रिय जनमोर्चा बाग्लुङले आफ्नो छैटौं जिल्ला सम्मेलनमा सहयोग पुग्ने अपेक्षा सहित सञ्चालन गरिएको देउसी भैलो गलकोट नगरका भिभिन्न स्थानमा भैलो खिलि सकिएको राष्ट्रिय जनमोर्चा गलकोटले बताएको छ ।
त्यसै शिलशिलामा गलकोट नगर क्षेत्रका पचुवा, गल्याङ, काँडेवास, बिरकोट, बिसाउन, बाँसखोला, आँगाखेत, टिमुरबोट, छिस, दरवार, रिस्मी गरि ११ स्पोर्ट्समा तीन लाखा सत्तरी हजार ३,७०,००० रकम उठेको छ, त्यसगरी हटिया बजारमा २ लाख ५० हजार उठेको छ भने हरिचौरमा २ लाख १० हजार रकम उठेको उक्त भैली टिमका ब्यवस्थापक सञ्जाल शर्माले बताउनु भएको छ । भैली अभियानकै क्रममा गलकोट नगरपालिका वडा न. १ दुधिलाभाटिमा ७ लाख ६ हजार ६ सय ११ उठाएको सागर कुँवरले हामीलाई बताउनु भएको छ भने त्यसै गरि गलकोटको रिघामा भैली अभियानले १ लाख ४० हजार उठाएको कृष्ण पुनले हामिलाई बताउनु भएको छ ।
कार्तिक २१ गतेबाट सुरु भएको उक्त भैली चौथो दिन कार्तिक २८ गतेसम्म सञ्चालन भएको भैलोमा गलकोट नगरपालिका भर कुल १६ लाख ७७ हजार ९ जम्मा भएको सञ्जाल शर्माले जानाकारी दिनु भयो । देउसी भैलोलाई समापन मन्तव्य व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटाले “भैली कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्ण अभिभावक, सहयोग दाता, कलाकार र अभियानमा खट्ने सबैलाई धन्यवाद दिनु भयो । साथै उहाँले संकलित रकम आगामी मंसिर २१ र २२ गते गलकोटको हटियामा हुन गाईरहेको जिल्ला सम्मेलन सफल पार्नको लागि खर्च गरिने बताउनु भयो । उहाँले राजमोको सम्मेलन सफल पार्न सबैलाई आह्वान गर्नु भयो ।
राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन उद्घाटन गर्न राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आउने बताएको थियो । भैली अभियानमा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन बन, अखिल छैठौंका सल्लाहकार भिमलाल पोखरेल, युवक संघका गण्डकी प्रदेश सचिव सञ्जाल शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, नेत्र बुढाथोकी, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टंक केसी, नगर उपाध्यक्ष अमर खत्री, सचिब लालबहादुर थापा, शिशक संघकी सनमयाया ढकाल, अखिल छैटौंका सागर कुवर लगायतको उपस्थित सहित रक्तिम साँस्कृतिक अभियानका कलाकारको सथमा राजमो गलकोटले भैली सञ्चालन गरेको थियो ।