तिलक थापा,
बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले १० टोली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेको बिशेष संगठनात्मक अभियानको कार्यक्रम निसीखोला, हुग्दिशिर, बिनामारे, नारायणस्थान, तंग्राम, हटिया, दर्लिङ र पुर्कोटमा सम्पन्न गरेको छ
टोली नं. ९ ले निसीखोला गाउँपालिका वडा नं. ३ झिवाखोलामा पालिका स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद तथा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य खिम बिक्रम शाहीले जतिसुकै व्यवस्था परिवर्तन भएपनि हामीले चेतना स्तरमा परिवर्तन गर्न सकिएन भने जनताको जीवन स्तरमा परिवर्तन सम्भव छैन भन्दै प्रशिक्षणको महत्त्व र आवश्यकता बारे प्रकाश पार्नु भएको थियो । थप बोल्दै प्रमुख अतिथि शाहीले अनुदान संग देशको राष्ट्रियता साट्न नसकिने बताउदै राष्ट्र हित बिपरितको एमसीसी पारित गर्न नहुने बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल लगायतले प्रशिक्षण तथा मन्तव्य राख्नु भएको थियो । कार्यक्रम निसीखोला गाउँ समितिका उपाध्यक्ष थमन घर्तीको अध्यक्षता, पालिका सचिव मिलन हमालको सम्पन्न भएको थियो । कार्यक्रममा वडा स्तरीय कार्यक्रम तय गर्नुका साथै ८० वर्षिय बृद्ध जंग बहादुर सुनारलाई प्रमुख अतिथि शाहीले सदस्यता प्रदान गर्नु भएको थियो ।
टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरमा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव कृष्ण आचार्य, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, सदस्य शेर बहादुर पुन लगागयतको सहभागी रहेको थियो ।
टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेमा ३ टोली बनाएर घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पुर्व सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, राष्ट्रिय जनमोर्चा जैमिनीका अध्यक्ष डिल बहादुर श्रीस, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य ठाकुर शर्मा, गोपाल शर्मा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन, बालकृष्ण शर्मा लगायतका टोलीले अभियान अगाडि बढाएको छ ।
टोली नं. ३ ले बागलुङ नगरपालिका वडा नं। १४ नारायणस्थानको अर्माहमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल, जिल्ला सदस्य योगेन्द्रराज पौडेल, अखिल नेपाल किसान संघका जिल्ला सदस्य ढुण्डीराज पौडेल, अखिल छैठौं पुर्व केन्द्रीय सदस्य दिवश पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो। भोली १६ गते बलेवा स्तरीय प्रशिक्षण नारायण स्थानमा सम्पन्न हुने कार्यक्रम रहेको छ ।
टोली नं. ४ ले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामको धारा मा।बि।को सभाहलमा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखोला गाउँ समितिका अध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, राष्ट्रिय जनमोर्चा काठेखोला गाउँ समितिका सचिव तथा काठेखोला गाउँ कार्यपालिका सदस्य टीका संगम बि.क. लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णु कडेलको अध्यक्षता, कृष्ण बि।क।को सञ्चालन र उपाध्यक्ष थिर बहादुर रानाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ५ ले गलकोट नगरपालिका वडा नं ३ को हटियामा पर्चा तथा सदस्यता बितरण गरेको छ । राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक के।सी। जिल्ला सदस्य पदम श्रेष्ठ, अखिल नेपाल किसान संघ बागलुङका सदस्य गुमानसिं खत्री लगायतका टोलीले सदस्यता बितरण अभियान सञ्चालन गर्नु भएको थियो।
टोली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. ९ दर्लिङमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ ।अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, ने।क।पा। मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा लगायतका टोलीले सदस्यता बितरण अभियान सञ्चालन गर्नु भएको थियो ।
साथै टोली नं. ८ ले ढोरपाटन नगरपालिका वडा नं. ३ पुर्कोटको बिसमोर टोलमा टोल प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य दिपक थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।
भेलाले रेशम कुँवरको अध्यक्षतामा ९ सदस्यीय पुर्कोट बिसमोर टोल समिति चयन गरेको छ । जसको सचिव नर बहादुर कुँवर, सहसचिव कोषाध्यक्ष गोपाल कुँवर, सदस्यहरुमा रेशम सापकोटा, शेर बहादुर पौडेल, हेमलाल गैरे, होम बहादुर कुँवर, तम बहादुर कुँवर र बल बहादुर पुन रहनु भएको छ । पर्चा तथा सदस्यता बितरण कार्यक्रम ईजर टोलमा पनि सम्पन्न भएको छ ।