काठमाण्डौं/ राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं युवा नेता घनश्याम न्यौपानेले लिपुलेख र लिम्पीयाधुरा भारतले जवरजस्ती कव्जा गरेको हुँदा दरिलोरुपमा राजनीतिक र कुटनीतिक पहल गरी उक्त भुमि फिर्ता लिनुपर्ने विचार व्यक्त गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा काठमाण्डौं जिल्ला समिति रक्तिम काठमाडौंको संयुक्त आयोजनामा मंगलबार गोंगबुमा आयोजित साँस्कृति सभालाई सम्बोदन गर्दै न्यौपानेले उक्त कुरा व्यक्त गर्नुभएको हो ।
भारतीय हस्तक्षेप विरुद्ध अभुतपूर्व राष्ट्रिय एकता जुटेको उल्लेख गर्दै युवा नेता न्यौपानेले सरकारलाई तत्काल कुटनीतिक पहल अगाडि बढाउन आग्रह गर्नुभयो साथ उहाँले यदि कुटनीतिक माध्यमबाट समस्याको समाधान नभए अन्तराष्ट्रिय अदालतमा लैजान समेत जोड दिनुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)का अध्यक्ष विमल पोखरेल, नेकपा मसाल काठमाण्डौंका प्रवक्ता जगतप्रसाद रेग्मीले सम्बोधन गर्नुभएको थियो । साथै विभिन्न जनवर्गिय संगठनका केन्द्र तथा जिल्ला तहका नेताहरूकाे समेत उपस्थिती रहेकाे थियाे । कार्यक्रमको कार्यक्रमको अध्यक्षता राजेन्द्रप्रसाद पुडासैनीले गर्नुभएको थियो भने सञ्चालन छवि सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा सिमा अतिक्रमणका विरुद्ध विभिन्न गित तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
