रक्तिमको तीन दिने शिविर सम्पन्न

0
330

अर्जुन शर्मा,
पोखरा । रक्तिम सांस्कृतिक अभियान कास्कीको आयोजनामा तीन दिने प्रशिक्षण शिविर २०७४ चैत्र १७ गते सम्पन्न भएको छ । चैत्र १५ गते एक समारोहबीच रक्तिमका केन्द्रीय अध्यक्ष तथा जनगायक जीवन शर्माले सो शिविरको उद्घाटन गर्नु भएको थियो ।

तीन दिनसम्म चलेको सो प्रशिक्षण शिविरमा सहभागीहरुलाई कलाका विविध विधाका साथै विभिन्न सैद्धान्तिक विषयहरुमा समेत प्रशिक्षण दिइएको थियो । गीत/सङ्गीत र कला, साहित्यको विषयमा रक्तिमका अध्यक्ष जीवन शर्मा र सचिव दल बहादुर विकले प्रशिक्षण दिनु भएको थियो । नृत्य विधामा विमल पाण्डे र गणेश दर्लामीले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण शिविरबाट तत्काल अभियानमा सरिक हुन सक्ने गरी टोलीको समेत निर्माण गरिएको छ । प्रशिक्षण शिविरको चैत्र १७ गते साँझ समापन गरिएको थियो ।

यस अघि चैत्र १५ गते शिविरको उघाट्न गर्दै प्रमुख अतिथि रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष तथा जनगायक जीवन शर्माले कला, साहित्य र संस्कृतिको माध्यमबाट समाज रुपान्तरण गर्ने अभियानमा निरन्तर लाग्नु सहज नभएको बताउनु भएको थियो । उहाँले मन्तव्यको क्रममा सर्वहारा वर्गीय संस्कृतिको विकासमा प्रगतिशील पक्षहरूले सहयोग समेत पु¥याउनु पर्ने बताउनु भएको थियो । त्यस्तै, अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष तिलक थापाले उदीयमान युवकहरु समाज परिवर्तनको दिशामा जागरुकता साथ लाग्नु पर्ने बताउनु भयो ।


रक्तिम जिल्ला अध्यक्ष विमल पाण्डेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य चन्द्र बहादुर केसी, राजमो ४ नं प्रदेशका अध्यक्ष शङ्कर बराल, ४ नं. प्रदेश सभाका सभासद कृष्ण थापा, अखिल (छैठौं) केन्द्रीय सचिव गणेश अधिकारी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रविमोहन ढकाल, युवक सङ्घका जिल्ला अध्यक्ष विक्रम थापा, रक्तिमका जिल्ला इन्चार्ज आकास गौतम, सङ्गम सांस्कृतिक मन्चका अध्यक्ष काजी गाउँले श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा रक्तिमका गायक जिवलाल शर्मा, बुद्धिजीवी सङ्घका प्रवीण पौडेल, अखिल (छैठौं) जिल्ला अध्यक्ष दानु सारु, अखिल नेपाल किसान सङ्घका जिल्ला सचिव राम प्रसाद शर्मा लगायतको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन रक्तिम जिल्ला कोषाध्यक्ष दिलेन्द्र बुढाले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत जिल्ला सदस्य अर्जुन शर्माले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here