रक्तिमको चौथो राष्ट्रिय सम्मेलन फागुन १,२,३ गते पोखरामा हुने

0
1354

बुटवल । प्रगतिशील सांस्कृतिक आन्दोलनको नायक सङ्गठनका रूपमा परिचित रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन २०७५ फागुन १, २ र ३ गते नेपालको सुन्दरनगरी पोखरामा हुने भएको छ । रक्तिमका अध्यक्ष तथा जनगायक जीवन शर्माको अध्यक्षतामा २०७५ आश्विन ५ गते बुटवलमा सम्पन्न रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको पूर्ण बैठकले चौथो राष्ट्रिय सम्मेलनको सो मिति तय गरेको हो ।

चौथो राष्ट्रिय सम्मेलन भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न रक्तिमको उक्त बैठकले वर्तमान केन्द्रीय समितिलाई नै सम्मेलन आयोजक समितिका रूपमा अगाडि बढाउने निर्णय गरेको सचिव दल बहादुर विकले बताउनु भयो । उहाँका अनुसार चौथो राष्ट्रिय सम्मेलनको तयारीस्वरूप जिल्ला भेला तथा सम्मेलनहरु आगामी पौष महिनाभित्रै सम्पन्न गरिसक्ने गरी रक्तिमको उक्त बैठकले ठोस जिम्मेवारी समेत बााडफााड गरेको छ ।

जिल्ला भेला तथा सम्मेलनहरु सम्पन्न गर्नका लागि बैठकले महासचिव नारायण योगीलाई दाङ, बाँके, बर्दिया, गुल्मी, रोल्पा, प्युठान र रुकुम उपाध्यक्ष जीवन शाहीलाई कर्णाली प्रदेशका सम्पूर्ण जिल्ला, सचिव दल बहादुर विकलाई कपिलवस्तु, परासी र रूपन्देही जिल्ला, कोषाध्यक्ष भरत श्रेष्ठलाई बागलुङ, पर्वत र म्याग्दी जिल्ला, सचिवालय सदस्य निलिमा पुनलाई काठमाडौँ, केन्द्रीय सदस्य लक्ष्मी रिजाललाई प्रदेश एक र दुई अन्तर्गतका जिल्ला, केन्द्रीय सदस्य बाबुराम आचार्यलाई ७ नम्बर प्रदेशका जिल्ला, केन्द्रीय सदस्य खिमा पुनलाई नवलपुर र चितवन, केन्द्रीय सदस्य समिर विकलाई स्याङजा र पाल्पा, केन्द्रीय सदस्य हेमराज पुनलाई सिन्धुपाल्चोक, वैकल्पिक केन्द्रीय सदस्य विष्णु केसीलाई अर्घाखाँची र अर्का बैकल्पिक केन्द्रीय सदस्य विमल पाण्डेलाई कास्की, तनहुँ लम्जुङ र गोर्खा विशेष जिम्मा दिएको छ । ती वाहेकका जिल्लामा केन्द्रीय कार्यालयले आवश्यकता अनुसार जिम्मा दिने निर्णय गरेको समेत सचिव विकले जानकारी दिनु भयो ।

विश्वभरि नै सच्चा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको र जनसांस्कृतिक यात्रामा पनि कम्युनिस्ट नैतिकताका सांस्कृतिक मूल्य–मान्यता र आर्दशहरु हराउँदै जान थालेका बेला हुन गइरहेको रक्तिमको उक्त चौथो राष्ट्रिय सम्मेलनले सर्वहारा वर्गीय सांस्कृतिक आन्दोलनलाई नयाँ गति र उचाइ दिने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here