प्रेमचन्द
–एक–
आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो । जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो । त्यतिबेला म लक्का जवान थिएँ । मेरा नशा नशाहरूमा नविन रक्त संचार भइरहेको थियो । हृदय उमंग र उल्लासले भरिएको थियो । मलाई आफ्नो प्यारो भारत वर्षबाट कुनै अत्याचारीको अत्याचारले वा अन्यायको बलसाली हातले विछोड गराएको थिएन ।
अत्याचारीको अत्याचार र कानूनको कठोरताले मसँग जे चाह्यो त्यो गराउन सक्दा तर मेरो मातृभूमिबाट अलग गराउन सक्ने छैन । ती मेरो उच्च अभिलाषाहरू र ठूला ठूला विचारहरू नै थिए । जसका कारण म देश निकाला गराइएको थिएँ । म अमेरिका गएर निकै व्यापार गरें । र, व्यापारबाट धन पनि निकै आर्जन गरें । आनन्द पनि त्यतिकै उठाएँ । सौभाग्यले पत्नी पनि यस्तो पाएँ जो सौन्दर्यमा बत्तिसलछिनकी थिइन् । उनको लावण्य र सुन्दरताको ख्याती अमेरिकाको चारैदिशामा फैलियो । उनको हृदयमा यस्ता विचारहरूको कुनै स्थान थिएन कि जसको सम्बन्ध मसँग नहोस् । म तन, मन, बचनले उनीप्रति आशक्त थिएँ । उनी मेरो सर्वस्व थिइन । मेरो पाँचवटा पुत्रहरू थिए । जो सुन्दर, हृष्टपुष्ट र इमान्दार थिए । उनीहरूले व्यापार झन, उन्नति पथमा लिएर गए । मेरो स–साना नाबालक ना–नातिनाहरू सदैव खेलिरहन्थे । यता म चाहिं मेरो मातृभूमिको अन्तिम दर्शनको लागि आतुर बन्दै गएको थिएँ । मैले अनन्त धन, प्रियतम पत्नी, भाग्यशाली पुत्रको र अतिव सुन्दर मुटुका टुक्रा स–साना बालबालिकाहरू आदि अमूल्य पदार्थको यसकारणले परित्याग गरें किनकि, प्यारो भारत जननीको अन्तिम दर्शन गर्न सकूँ ।
म धेरै बृद्ध भैसकें । दश वर्षपछि पूरा सय वर्षको पुग्ने छु । अब मेरो हृदयमा केबल एउटा मात्र अभिलाषा बाँकी छ । कि म आफ्नो प्यारो मातृभूमिको रजकण बनुँ । यो अभिलाषा कारणबस आजनै मेरो मनमा उत्पन्न भएको होइन । बरू त्यस समयमा पनि थियो । जुनबेला मेरो पत्नीले मधुर बचनले कोमल हृदयमा कटाक्ष गरेर प्रफूल्लित गरेको बखत पनि र जतिबेला मेरा युवा पुत्रहरूले प्रातःकाल आएर आफ्नो बृद्धपितालाई सभक्ति प्रणाम गर्दथे । त्यतिबेला पनि मेरो हृदयमा एउटा घिड्किसो रहिरह्यो । म आफ्नो मातृभूमिबाट अलगछु । यो मेरो देश होइन । र म यस देशको होइन । मसँग धन थियो, पत्नी थिइन, केटाकेटी थिए जायजेथा थियो । तर किन हो कुन्नी, मलाई घरी घरी मातृभूमिको भत्किएको फुसको घर । चार, छ विधा आकासे खेतबारी र बालापनका साथीभाइहरूको यादले प्रायः सताईरह्यो । प्रायः अपार प्रसन्नता र रमाइलोको बेलामा पनि यस्ता विचारहरूले चिमोट्ने गर्दथे । “यदि म यति बेला आफ्नो देशमा भएको भए …. ।
–दुई–
जुन बेला म बम्बईमा जहाजबाट ओर्लिएँ । मैले सर्वप्रथम कालोकोट, पतलुन पहिरिएका अधकल्चो अङ्ग्रेजी बोल्ने माझीहरूलाई देखेँ । फेरि अङ्ग्रेजीपसल, ट्राम, मोटर गाडीहरू देखें । त्यसपछि रबर टायरका गाडीतिर मुखमा चुरोट च्यापेर हिँडिरहेका मानिसहरूसँग जम्काभेट भयो । त्यसपश्चात् रेलको बिक्टोरिया टर्मिनल, स्टेसन देखा प¥यो । तत्पश्चात् म रेलमा सवार भई हरियालीले भरिपूर्ण भएका पहाडहरूको मध्यभागमा अवस्थित आफ्नो गाउँतर्फ तानिएँ । त्यतिबेला अनायसै मेरो आँखाहरू रसाए । म खुब रोएँ किनकि यो मेरो देश थिएन । जसको दर्शन गर्नका लागि मेरो हृदयमा सदैव तरङ्गहरू उठिरहन्थे । यो त अरू कुनै देश थियो । यो त अमेरिका या ईंग्लैण्ड थियो । तर प्यारो भारत थिएन । रेल गाडी, जङ्गल, पहाड, नदी, समथर मैदानलाई पार गर्दै मेरो गाउँको समिप पुग्यो । जो कुनै समयमा फूल,पात र फलहरूको प्रचूरता तथा नदी खोलानालाहरूको अधिकताले स्वर्गसँग प्रतिस्पर्धा गरिरहेको थियो । म त्यस रेलगाडीबाट ओर्लिएँ । मेरो हृदय उल्लासले भरिएर नदीको भेल जस्तै उर्लिएको थियो । अब मैले आफ्नो प्यारो घर देख्नेछु । आफ्ना बालापनका साथीहरूलाई भेट्ने छु । मैले यतिबेला यो कुरा मात्रै बिर्सिएछु कि म ९० वर्षको बूढो हुँ । जति जति म गाउँको नजिक पुग्थें । मेरो पाउ पनि छिटो छिटो उठ्ने नियालेर गर्दथ्यो र हृदयमा अकथनीय आनन्दको ज्वारभाटा उठ्दथ्यो । प्रत्येक वस्तुलाई मैले हेर्दथेँ । अहा ¤ यो त्यही कुलो हो जसमा हामीहरूले दैनिक जसो घोंडालाई नुहाउँथ्यौँ र आफै पनि पौडी खेल्दथ्यौँ । तर अब त त्यस कुलेसोको दुवै किनारामा काँढेतार पो लागेको छ । अगाडि एउटा भवन थियो । जसमा दुई जना अङ्ग्रेजी सिपाहीहरूले बन्दूक लिएर यताउता आँखा तरितरी हेर्दै थिएँ । कुलोमा नुहाउने कडा प्रतिबन्ध थियो ।
गाउँमा गएर मेरो नजरले बलापनका संगी साथीभाइहरूलाई खोज्न थाल्यो । तर सबै निरर्थक अफसोच मात्र । सबै मृत्युका शिकार भैसकेका रहेछन् । मेरो घर, मेरो भत्किएको झुप्रो, जसको काखमा म वर्षौसम्म खेलेको थिएँ । जहाँ बाल्यकालमा निस्फिर्की साथ खुब आनन्द लुटेको थिएँ र जसको चित्र मेरो मानसपटलमा अहिले पनि नाचिरहेको छ । त्यही मेरो प्यारो घर माटोको थुप्रोमा परिणत भइसकेको रहेछ । यो ठाउँ बञ्जर थिएन । सयकडौँ मानिसहरू घुमफिर गरिरहेको देखिन्थे । जो अदालत, जिल्ला प्रशासन र इ.प्र.काको कुरा गरिरहेका थिए । उनीहरूको मुखबाट, चिन्ता, निर्जिवता र उदेकलाग्दा व्यवहारहरू प्रदर्शित भइरहेका थिए । उनीहरू सबै सांसारिक चिन्ताद्वारा पीडित भएझैं भान पर्दथ्यो । मेरो साथीहरूको समान हृष्टपुष्ट, बलवान, राता राता अनुहार भएका नवयुवकहरू कही पनि देखा परेनन् । त्यो कुस्ती मैदानको ठाउँमा जसको जग मैले बसालेको थिएँ । त्यहाँ अब केबल एउटा भत्किएको स्कुल मात्र थियो । उक्त स्कूलमा दुर्वल तथा कान्तिहीन रोगी जस्ता देखिने बालबालिकाहरू फाटेका पुराना कपडा लगाएर बसेर उँघीरहेका थिए । उनीहरूलाई देखेर अकस्मात मेरो मुखबाट बाक्य फुट्यो । नाई घ्नाई ! होइन ! यो मेरो प्यारो देश होइन । म यो सब हेर्न यति टाढाबाट आएको पक्कै होइन । यो मेरो प्यारो भारतवर्ष होइन ।
बरपिपलको रूखतिर हानिएँ । जसको सितलतामा मैले आफ्नो बाल्यअवस्थाको रमाइलो क्षणलाई बिताएको थिएँ । जो हाम्रो बालककालको क्रिडास्थल र युवा अवस्थाको सुखदप्रद बासस्थान थियो । ओहो ! यो प्यारो बरपिपललाई देखेर मेरो हृदयमा एउटा निकै ठूलो आघात पुग्यो । मनमा निकै ठूलो चोट पर्यो ।
त्यो देखेर यति धेरै पिडादायी तथा हृदय विदारक स्मृतिहरू ताजा भए कि म घण्टौंसम्म धरतीमा बसीबसि आँसु बगाई रहें । हो म यही बरपिपलमा सुरेली खेल्दै हाँगा हाँगामा चढेर टुप्पा टुप्पा पुगेर उसका तनाहरूमा पिङ खेल्दथ्यौँ र बरपिपलका फलहरू हाम्रो लागि संसारभरका सम्पूर्ण मिठाई भन्दा पनि स्वादिष्ट लाग्दथे । मसँग अङ्कमाल गरेर खेल्ने दौतरीहरू जो खुशी हुन्थे, ति कहाँ गए ? आहो ? कति पीडा ! बिना घरबारका हामी यात्रीहरू, अब के म एक्लै नै छु त, के मेरो कुनै साथीहरू छैनन् त ? उक्त बरपिपल मुनि अब ई.प्र.का. थियो र त्यो रूखमुनी रातो सफा बाँधेको कुनै एउटा व्यक्ति बसेको थियो । उसको वरिपरी दश बिस जना रातो पगरी गुँथेका व्यक्तिहरू पंक्तिबद्ध भएर बसेका थिए । त्यहाँ झुत्रे झाम्रे फाटेका कपडा लगाएर दुर्मिक्षग्रस्त पुरूषहरू जसलाई भर्रखरै कोर्रा लगाइएको थियो । बसेर उ हिक्क हिक्क गरी रोइरहेको थियो । मलाई सम्झना भयो कि यो मेरो प्यारो देश होइन । यो कुनै अरू देश हो । यो युरोप हो न अमेरिका हो । तर मेरो मातृभूमि कदापि होइन ।
–तीन–
यताबाट निरास भएर म पल्लो चौपारीतिर गएँ । जहाँ साँझपख पिताजी गाउँका अन्य बृद्ध भलाद्मीहरूसँग चिलिम तान्ने र गपसप गर्ने गर्नु हुन्थ्यो । हामीहरू पनि टाटले ओछ्याइएको भुँइमा लडिबुडी गर्दथ्यौं । कहिलेकाहीं त्यहाँ पंचायतको सभा पनि बस्दथ्यो । जसको प्रधान हाम्रो पिताजीनै हुनुहुन्थ्यो । यही चौपारीको एक ठाउँमा गाईभैंसीको गोठ थियो । गाउँभरीका गाईभैसी राख्ने गर्दथ्यौँ । गाईका बच्चाहरूसँग हामीहरू सधै छिल्लिने गर्दथ्यौँ । दुःखको कुरा अब त्यो चौपारीको कुनै चिन्ह पनि थिएन । त्यहाँ त अब गाउँमा खोप लगाउने खोप केन्द्र र हुलाक थियो ।
त्यही समयमा चौपारीसँग जोडिएको एउटा उँखु पेल्ने मेसिन सहितको कोल थियो । जहाँ जाडोको दिनमा उँखु पेलेर भेली बनाउन थालेको बासनाले मस्तिष्कलाई निकै आनन्द पुग्दथ्यो । म र हाम्रा साथीहरूले त्यहाँ यादवहरूलाई पर्खिएर बसिरहने गर्दथ्यौँ । ती यादव जातिहरूका श्रमिकहरूको हातको सिप देखेर हामी आश्चर्यमा पर्दथ्यौँ । त्यहाँ हजारौँ पटक मैले काँचो रस र पाकेको दुध मिसाएर खाएको थिएँ र त्यहाँ आसपासका घरका महिला र बालकहरूले आ–आफ्ना भाँडाकुँडा लिएर आउँथे र त्यसमा रस भरेर लिएर जाने गर्दथे । दुःखको कुरा के छ भने ती उँखु पेल्ने मील जसका तस उभिएका छन् । र ती मेसिनका स्थानमा सनपाट बेर्ने मेसिन गाडिएको छ । त्यसको अगाडि पछाडि एउटा चुरोटको, अर्को पान पसलको दोकान थियो ।
यी हृदय विदारक दृश्य देखेर मैले गह्रौँ मन गराएर, एउटा मानिस जो हेर्दा सभ्य जस्तो लाग्दथ्यो । उसलाई सोधें “महासय म एउटा बटुवा हुँ म थाकेर लखतरान परेको छु । रातभर विश्रामको लागि घरको एउटा कुनै कुनो दिनु हुन्छ कि ? त्यो मानिसले मलाई शिरदेखि पाउसम्म हे¥यो र भन्यो “अलि अगाडि जानुस् यहाँ बस्नका लागि ठाउँ छैन भन्यो । म अगाडि बढें तर त्यहाँबाट पनि उत्तर आयो “अलि अगाडि जानुस्” । पाँचौँ पटक एकजना सज्जनसँग बास माग्दा उनले एकमुठी चना मेरो अञ्जुलीमा राखिदिए चना मेरो हातबाट धर्तीमा पोखियो र मेरा आँखाबाट अनयासै बलिन्द्रधारा आँशु बग्न थाले । मुखबाट अचानक निस्कियो उफ ¤¤¤ यो मेरो देश होइन । यो अरू कसैको देश हो । यो हाम्रो अतिथि सत्कार भारवर्षको होइन कदापी हुन सक्दैन ।
मैले एउटा चुरोटको बट्टा किने र सुनसान ठाउँमा गएर चुरोट पिउँदा पिउँदै बितेका कुराहरूको स्मरण भयो । एक्कासी मलाई धर्मशालाको कुराको सम्झना भयो । जो म विदेश जाने बेलामा निर्माण हुँदै थियो । म हतार हतार त्यतैतिर हान्निएँ । त्यहाँ जसरी तसरी रात बिताउन सकिएला भन्ने भावना मनमा उठ्यो । तर अफसोच, त्यहाँ झन् धेरै दुःख…. निकै कष्टहरू थिए । धर्मशाला त जस्ताको त्यस्तै थियो । तर त्यहाँ गरिब निमुखाको लागि बस्ने स्थान थिएन । जाँड, रक्सी, दुराचारले जवरजस्ती आफ्नो घर बनाएको थियो । यो दशा देखेर विवश बनेर मेरो हृदयबाट एउटा पीडादायी चित्कार निस्कियो र निकै जोडले चिच्याएँ । होइन घ् होइन घ् हजारौँ पटक पनि होइन यो मेरो प्यारो देश भारत होइन । यो अरू कुनै देश हो । यो यूरोप हो । यो अमेरिका हो । तर भारत कदापी होइन ।
–चार–
अन्धेरीरात थियो । स्याल र कुकुरहरू कर्कस स्वरले चिच्याई रहेका थिए । म दुःखीत हृदय लिएर कुलोको किनारमा गएर बसेर सोच्न थालें । अब म के गरूँ ? पुनः आफ्ना पुत्रहरू कहाँ फर्किनु कि ? आफ्नो यो शरीरलाई अमेरिकी माटोमा मिलाउँ ? अबसम्म त यो मेरो मातृभूमी थियो । म विदेशमा भए पनि मलाई आफ्नो प्यारो देशको यादले सताईरहन्थ्यो । तर अब त म देश विहिन भएको छु । मेरो कुनै देश छैन । यस्तैयस्तै कुराहरू मनमा खेलाउँदै घोप्टो मुन्टो लगाएर म मौन रहें । राति अनिदो बसें । काममा बसेको पालेले राति तीन बजेको घण्टी हान्यो । कुनै मानिस गुनगुनाएको पनि सुनियो । मेरो हृदय गद्गद् भयो । यो त देशभक्तिको राग हो । यो त मातृभूमिकै स्वर हो । म स्फूर्तिका साथ उठें के देख्छु–पन्ध्र, बीस जना बृद्धबृद्धाहरू सेतो धोती पहिरिएका हातमा लोटा समाएर स्नान गर्न जाँदै थिएँ । साथमा सबैले देशभक्तिको गीत पनि गाईरहेकै थिए । –“ हे ईश्वर नराम्रो नसोच मनमा, म यो गीत सुनेर मन्त्र मुग्ध भएको थिएँ । त्यत्तिकैमा केही मानिसहरूको कोलाहल पनि विस्तारै नजिक आयो र ती मानिसहरूमा कसैले हातमा कमण्डल लिएर, शिवशिव–हरहर गंगे, नारायण नारायण आदि शब्द उच्चारण गर्दै जाँदै थिए । आनन्ददायक र प्राभावोत्पादक रागद्वारा मेरो हृदयमा जुन प्रभाव प¥यो । त्यसको वर्णन गर्न कठिन छ ।
मैले अमेरिकाकी अतिव चञ्चल र प्रशन्न चित्त भएका लावण्य व्यक्ति स्त्रिहरूको आलाप सुनेको थिएँ । शहस्त्र पटक उनीहरूको बोलीबाट माया र पे्रमका शब्दहरू सुनेको थिएँ । मैले मधुर बोली बोल्ने कोइलीको कुइकुई पनि सुनेको थिएँ । तर जुन आनन्द, जुन मजा र सुख मलाई यस रागबाट प्राप्त भयो । त्यो मलाई जीवनमा कहिल्यै पनि प्राप्त भएको थिएन । मैले आफै उक्त गीत गुनगुनाएँ । हे ईश्वर “मनमा नराम्रो रत्तिभर पनि नसोंच ।” मेरो हृदयमा फेरि नयाँ आशाका किरणहरू देखा परे यो त मेरो प्यारो देशको कुरा पो हो त घ् रोमाञ्चित मेरो हृदय हर्षले गद्गद् भयो । म पनि ती मानिसहरूको साथमा मिसिएँ र ६ महिनासम्मको पहाडै पहाडको यात्रा गरेर, त्यही नदी किनारमा पुग्यौँ । जसको नव पतित पावनी थियो । जुन नदीमा पौडी खेल्न र त्यसमा हित हुने कामलाई प्रत्येक हिन्दुले त्यसलाई आफ्नो अहोभाग्य ठान्दथे । पतित पावनी भगीरथी गंगा मेरो प्यारो गाउँदेखि छ, सात माइलको दुरीमा बग्दथ्यो । कुनै समयमा घोडामाथि सवार भएर गंगामाताको दर्शन गर्ने लालसा मेरो हृदयमा सदैव रहन्थ्यो । यहाँ मैले हजारौँहजार मानिसहरूलाई पनि चिसोपानीमा डुबुल्कि लगाएको देखें । कतिपय बालुवामा चाकलमाडेर बसेर गायत्री मन्त्र जप गरिहेका थिए । र, कसैले स–स्वर बेदमन्त्र पढिरहेका थिए । मेरो हृदय फेरि एक पटक उत्साहित भयो । र मैले जोडजोडसँग भने – हो ¤ हो ¤ यही मेरो प्यारो देश हो । यही मेरो प्यारो मातृभूमि हो । यही मेरो सर्वश्रेष्ठ देश हो । र यसैको दर्शनको लागि मेरा चाहनाहरू लालयित थिए र यही धर्तीको पवित्र धुलोको कण बन्ने पनि प्रवल अभिलाषा थियो ।
म विशेष प्रकारको आनन्दमा निमग्न थिएँ । मैले आफ्नो पुरानो कोट र पतलुन निकालेर फ्याँकी दिएँ र गंगाजीको काखमा झ्वाम्म हाम फाले । जसरी सिधासाधा बालक दिनभरी कुनै निर्दयी मानिसको साथमा रहेर साँझपख आफ्नो आमाको काखमा दौडिदै गएर छातीमा टाँसिन्छ । हो त्यस्तै म पनि । म अब आफ्नो देशमा छु । यो मेरो प्यारो मातृभूमि हो । यी मानिसहरू मेरा दाजुभाई हुन् । गंगा मेरी माता हुन् । मैले पनि ठीक गंगाको किनारमा एउटा सानो सानो बुकुरो बनाएँ । अब मलाई केबल रामनाम जप्ने बाहेक अरू कुनै काम नै थिएन म नित्य प्रायः साँझकाल गंगा स्नान गर्दछु । र मेरो प्रबल इच्छा छ कि यही स्थानमा मेरो प्राण पखेरू उड्न र मेरो मृत शरीर गंगामाताको लहरहरूमा समाहित होस् ।
मेरी पत्नि र मेरा पुत्रहरूले बारम्बार बोलाई रहन्छन् । तर अब म गंगामाताको किनार र प्यारो देश छाडेर कहीं पनि जान सक्दिन मेरो मृत शरीरलाई गंगाजीलाई सुम्पनेछु । अब संसारको कुनै पनि आकांक्षाले मलाई यस स्थानबाट हटाउन सक्ने छैन । यही नै मेरो प्यारो देश हो र यही नै प्यारो मातृभूमि पनि हो बस यही मेरो अन्तिम अभिलाषा पनि कि म आफ्नो प्यारो मातृभूमि मै आफ्नो प्राणको त्याग गरूँ ।