युवक सङ्घको ३ नम्बर प्रदेश भेला सम्पन्न

0
305
काठमाडौं । अखिल नेपाल युवक सङ्घको ३ नम्बर प्रदेश स्तरीय प्रशिक्षणात्मक भेला २०७५ साउन १४ गतेका दिन काठमाडौ“मा सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले योगेन्द्र पौडेल (चितवन) को अध्यक्षतामा नौ“ सदस्यीय ३ नम्बर प्रदेश समिति गठन गरेको छ ।
              गठित समितिको सचिव विष्णु शर्मा (काठमाडौ“) र कोषाध्यक्ष अमृत आचार्य (काठमाडौ“) रहनु भएको छ । सदस्यहरुमा दिल बहादुर मोक्तान (मकवानपुर), निर्मल पौडेल (सिन्धुपाल्चोक), समीक्षा श्रेष्ठ (रामेछाप), पृथ्वी रोका (ललितपुर), रमेश बञ्जाडे (भक्तपुर) र नविन केसी (काठमाडौ“) रहनु भएको छ ।
                दिल बहादुर मोक्तानको अध्यक्षता र अमृत आचार्यको सञ्चालनमा अघि बढेको सो भेलामा स्वागत मन्तव्य विष्णु शर्माले राख्नु भएको थियो । भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा काठमाडौ“ जिल्ला अध्यक्ष लाल बहादुर थापा, राजमो बागमतीका सदस्य आनन्द शर्मा, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव समिर सिंह, अखिल नेपाल  युवक सङ्घका सल्लाहकार रमेश पौडेल र केन्द्रीय सचिव भक्त बहादुर विकको समेत आतिथ्यता रहेको थियो ।
५ नम्बर प्रदेशमा पनि भेला
                त्यस्तै, अखिल नेपाल युवक सङ्घको ५ नम्बर प्रदेश स्तरीय भेला २०७५ साउन ८ र ९ गते रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरेले उद्घाटन गर्नु भएको सो प्रशिक्षणात्मक भेलामा राजमोका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।
              भेलाले कुलराज खनाल (अर्घाखाँची) को संयोजकत्वमा १७ सदस्यीय ५ नम्बर प्रदेश समन्वय समिति गठन गरेको छ । गठित समितिको सचिवमा चित्र एमसी (दाङ), कोषाध्यक्ष हरि योगी (रूपन्देही) रहनु भएको छ । सदस्यहरुमा मीना पोख्रेल (कपिलवस्तु), खगा राना (प्युठान), कुलराज गौतम (नवलपरासी), गोपाल बन्जाडे (रूपन्देही), पूर्ण आले (पाल्पा), लेखनाथ आचार्य (दाङ), कृष्ण खनाल (अर्घाखाँची), कमल थापा (पाल्पा), बरुणध्वज मल्ल (प्युठान), कमल पौडेल (प्युठान), ठाकुर पन्थी (अर्घाखाँची), भरत खड्का (बाँके), डमर खड्का (रोल्पा), उषा तरामु (गुल्मी) रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here