युवक संघ र अखिल (छैठौं) को दुई दिने प्रशिक्षण सम्पन्न

0
192

इनरुवा । अखिल नेपाल युवक सङ्घ र अनेरास्ववियु (छैठौं) को आयोजनामा १ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम २०७५ भदौ ८ र ९ गते सुनसरीको धरानमा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले प्रशिक्षण दिनु भएको थियो ।

युवक सङ्घका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश संयोजक आशिस जबेगुको अध्यक्षता तथा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा प्रदेश सचिव बबिन राईको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे प्रमुख आतिथि तथा अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारीको विशिस्ट आतिथ्यता रहेको थियो

उक्त प्रशिक्षण कार्यक्रममा युवक सङ्घ केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, केन्द्रीय सल्लाहकार बालकृष्ण सुवेदी, केन्द्रीय सदस्य शिव फुायाल, राजमो १ नं. प्रदेशका अध्यक्ष योगेन्द्र ढकाल, उपाध्यक्ष हरिकान्त शर्मा, कोषाध्यक्ष अमृत पाण्डे, युवक सङ्घका पूर्व केन्द्रीय सदस्य विशाल पहाडी, अखिल (छैठौं) १ नं. प्रदेश अध्यक्ष देवेन्द्र पौडेल, केन्द्रीय सदस्य नवराज पाण्डे, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तुलमान राई र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कोपिला शङ्करको समेत आतिथ्यता रहेको थियो ।

दुई दिनसम्म चलेको उपर्युक्त प्रशिक्षणमा महामन्त्री मोहन विक्रम सिंहका साथै युवक सङ्घ केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेल र राजमो केन्द्रीय सदस्य सुरेन्द्र भण्डारीले विभिन्न सैद्धान्तिक, वैचारिक तथा समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here