युरोपियन प्रधानमन्त्री र एकादेशको प्रधानमन्त्रीको कथा

0
190

व्यंग्य कथा

खिमराज चालिसे
चंडीगढ़

एकपटक एकजना एकदेशको युवा रोजगारीको शिलशिलामा यूरोप पुगेछन । युरोपका विभिन्न स्थानहरुका चिल्ला र सुन्दर सडकहरु , गगनचुंबी भवनहरु र भव्यरुपमा सजाइएका भौतिक संरचनाहरु देख्दा ति एकादेशको नागरिकलार्इ मानौ साक्षात स्वर्ग भनेको यहि रहेछ क्यारे भन्ने भान हुनपुगेछ ! उनी यतिधेरै प्रभावित हुन पुगेछन कि एकदिन उनलाई प्रधानमंत्री निवास कस्तो होला भनेर कौतुहलता जागेछ । कसरी त्यहाँसम्म पुग्ने होला भनेर मनमनै सोच्न थालेछ । एकदिन उनले आफुले काम गर्ने कम्पनिको मालिकसँग आफनो यो इच्छाको बारेमा बताउन पुगेछ । उनको त्यो इच्छा सुनेपछि मालिकले पनि हार्दिकता पुर्वक प्रधानमन्त्री निवासमा पुर्याउने चाँजोपाँजो मिलाइदिएछन् । सोही अनुसार एकदिन ति युवा आफुले काम गर्ने कम्पनीको मालिकसँगै प्रधानमन्त्री निवासमा जाने मौका पाएछन। उनलाई प्रधानमन्त्री कार्यालयको सजावट, आलिसान महल, तथा अगाडि-पछाडी रहेको सिक्योरिटी फोर्स र प्रधानमन्त्री को रहन सहनबारे थोरै समयमा धेरै कुरा जान्ने अवसर मिलेछ । प्रधानमन्त्रीको रहनसहन र ठाँटवाँट देखेर ति युवालाइ त्यहाँको खर्च कसरी चल्छ होला जान्ने कौतुहलता जागेछ । शायद उनले कल्पना गरेभन्दा निकै नै सुन्दर थियो प्रधानमन्त्री निवास । उनी आश्चर्य चकित हुँदै एकोहोरो बाहिर टोहोलाइरहेका रहेछन । यूरोपीय प्रधानमन्त्रीको पनि नजर तेतै गयछ । अनि उनले ति युवालाई सोधेछन के तिमीलाई यो महलको सुन्दरता मन पर्यो ? युवकले झटपट जवाफदिएछ । “हो हजुर हो” युवाले वाक्य सक्न नभ्याउदै उसलाई पारी देखाउदै युरोपीयन प्रधानमन्त्रीले भनेछन । हाम्रो यो भवन र कार्यालयको खर्च केवल सरकारमा आउने केहि ०.०१% कमिशन ले मात्रै चलेको छ । उक्त कुरा एकादेशका ति युवाले सुनेपछि उनलाई धेरै अचम्म लागेछ ।

केहि वर्ष पछि युरोपियन प्रधानमंत्री त्यही युवा भएको देशमा पुगेछन । एउटा गरिव देशको छवी बोकेको देश भयकोले त्यो देशप्रति उनको ज्यादै उत्सुकता भने थिएन । जव उनि प्रधानमन्त्री निवास पुगे अनि त उनी छकमन्नै परेछन । आफ्नो देशमा उनको आफ्नो भन्दा नि निकै धेरै तामझाम, आलिसान महल र विलासिताका साधनहरुले सुसज्जित प्रधानमन्त्रीको ठाँटबाँट देखेर झनै दंग परे । उनले केहीवर्ष पहिला आफनै देशमा नोकरी गरिरहेको अनि कसैको सिफारिशमा आफुसंग भेट गरेको स्मरण गर्दै ति प्रधानमन्त्रीलाई सोधेछन तपाई यति छिट्टै प्रधानमन्त्री ….? युरोपियन प्रधानमन्त्रीको प्रश्नको जवाफ दिदै एकादेशका प्रधानमन्त्रीले हाँस्दै भने “हो, हाम्रो देशमा नेता हुन र प्रधानमन्त्री बन्न त्यति धेरै समय लाग्दैन।राजनीति हो हजुर राजनिती। यो देशको राजनीति नै यसैप्रकारको छ । एउटा चुनाव भएर संसद बन्यो भने अर्को चुनावसम्मत जम्मा जम्मी आधा दर्जन भन्दा वढीको प्रधानमन्त्री हुने पालै आउन्न । तपाईका देशमा जस्तो पाँचवर्षसम्म एउटै व्यक्ति प्रधानमन्त्री भैरहने अर्कोको पालै नदिने चाहिँ हुन्न हाम्रोमा । अनि चुनावमा जस्ले साम, दाम, दण्ड, भेदको प्रयोग गर्न सक्छ उ त राजनीतिमा हिरो हो हजुर हिरो । मलाई प्रधानमन्त्री देख्दा त्यस्तो आश्चर्यचकित हुनु जरूरी छैन । एकादेशका प्रधानमन्त्रीको जवाफ सुनेपछि “यूरोपियन प्रधानमन्त्रीलाइ झनै कौतुहलता वढेछ । उनले पुन सोधेछन । “अनि कार्यालय र निवासको खर्च नि ? प्रधानमन्त्रिले ले झटपट जवाफ दिएछन । तपाइहरुको देशमा जस्तै हामीहरुले पनि विभिन्न विकास निर्माणका प्रोजेक्टहरुवाट कमिशर लिएर चलाएका छौ फरक यत्ति हो तपाइहरुले .००१% लिनुहुन्छ । हामीहरुले चाहि कहिले काहि मौका पर्दा कुनै प्रोजेक्टलाइ नक्सामा मात्र देखाएर १००% नै लिने चलन छ । त्यसैले त देश जति गरिव भएपनि हामीचाँही तपाइहरु भन्दा कम छैनौं ।
एकादेशका प्रधानमंत्री उपरोक्त कथन सुनेर र उनिहरुको वास्तविक ऐयासीपुर्ण जीवन शैली देखेर युरोपियन प्रधानमन्त्रीलाइ त्यो देश गरिव हुनुको कारण थाहा लागेको थियो रे ।
समाप्त ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here