युएईमा एकता समाज अलकुजमा

0
216

खिमलाल पाण्डे/युएई,
युएईमा नेपाली एकता समाज युएईले आफ्नो सांगठानिक गतिविधिहरु तिब्र रुपमा अगाडि बढाएको छ । विभिन्न क्षेत्रहरुमा कार्यरत नेपालीहरुलाई संगठित गर्दै क्षेत्रदेखि एरिया समितिसम्म संगठन निर्माण कार्य सफल भएको बताइएको छ । गत शुक्रबार २२ फेब्रुअरी २०१८ का दिन युएईको दुबईस्थित अलकुजमा एरिया समिति गठन गरेको छ ।

चित्र सुनारको पहल कदमीमा अलकुजस्थित कार्यरत नेपाली श्रमिकहरुको बीच सम्पन्न भेलाद्वारा एरिया समिति गठन गरिएको छ । भेला अध्यक्षता टेक बहादुर थापाले गर्नुभएको थियो । भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य एवं युएई नेपाली एकता समाजका सल्लाकार कृष्ण केसीको प्रमुख आतिथ्यता रहेको थियो । युएई एकता समाज निवर्तमान कोषाध्यक्ष लेखनाथ अधिकारीको उपस्थिति रहेको थियो ।

भेलामा बोल्दै प्रमुख अतिथि केसीले– युएई नेपाली एकता समाज स्थापना गर्नुका मुख्य उद्देश्यको बिषयमा प्रस्ट्याएका थिए । बिभिन्न जिल्ला बासी संगठन लगायत युएईमा क्रियाशिल संघ संस्थाहरु धेरै रहेता पनि युएई एकता समाजको छुट्टै भिजन र मिशन भएकोले युएईमा रहेका आम गरिखाने शोषित पीडित मजदुरहरु एकता समाजमा लाग्नु पर्ने बताए ।

शोषित पीडि़त मजदुरहरुकै आबाज उठाउँदै आएको र आगामी दिनहरुमा पनि आम मजÞदुरहरुले भोग्दै आएका दुःख पीड़ाको बिषयमा आफ्नो संगठन निरन्तर लागिपर्ने प्रतिबद्दता समेत केसीले प्रकट गरेका थिए ।

उक्त भेलाले टेक बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय अलकुज एरिया समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– रोम थापा, सचिव– सेर बहादुर शाही, कोषाध्यक्ष– नारायण पौडेल रहेका छन् । त्यस्तै सदस्यहरु प्रकाश सुनार र बिष्णु सुनार रहेका छन् । भेलाले चित्र सुनार र राम पौडेललाई सल्लाहकार चयन गरेको छ ।


नयाँ समितिलाई कृष्ण केसी र लेखनाथ अधिकारी लगायत उपस्थित सबैले शुभकामना दिएका थिए । चित्र सुनार कतारदेखि निरन्तर रुपमा एकता समाजमा संगठित भई युएई आइपुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here