काठमाडौं : देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिमस्टेक सम्मेलन अवधिभर याुत्रबाहेक अन्यलाई प्रवेश बन्द गरिने भएको छ । विमानस्थल कार्यालयले विमानस्थलको क्षमता, पाहुनाको सुरक्षा र सहज आवतजावतका लागि सम्मेलन अवधिभर यात्रुबाहेक अन्यलाई प्रवेश निषेश गर्न लागेको हो ।
यात्रु स्वयम् सक्षम भएको अवस्थामा सहयोगीलाई विमाननस्थलको गोल्डेन गेटबाट भित्र प्रवेश गर्न नदिने सूचना विमानस्थल कार्यालयले जारी गरेको छ । तर, सेवाप्रदायक कम्पनी कर्मचारीमा भने यो नियम लागू नहुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।
‘तत्कालको अवस्थामा बिमस्टेक सम्मेलनलाई लक्षित गर्दै आगन्तुकलाई प्रवेश निषेध गरिएको हो’, क्षेत्रीले भने, ‘विमानस्थल सुरक्षा दृष्टिले सम्मेलनपछि पनि यात्रुबाहेक अन्य आगन्तुकलाई विमानस्थलको गेटबाट प्रवेश बन्द गराउने विषयमा छलफल भएको छ । ’