म हिडिरहेको छु

1
232

म हिडिरहेको छु म हिडिरहन्छु
निरन्तर हिड्ने क्रममा 
गति कमि होला
तर बाटो मोड्ने छैन ।

म मेरो लक्ष्य प्रति समर्पित छु 
गतब्य जटिल छ..
समयले लचिलो बन्न बाध्य पार्ला
तर आत्मसमर्पण अस्विकार छ।

मलाई गलाउन संडेन्त्र बुनिने छन् 
असाधरण भ्रम कोसिस हुने छन् 
ती सबै संग जुध्ने महान विचार साथ छ
चिर्न सक्ने अदम्य शाहस छ।

संगै सगरमाथा चड्ने हरु पनि
कोहि आधा शिविर बाट फर्केका छन्
एउटै बाटो हिड्नेहरु 
कोहि विचमै थाकेका छन् ।

सबै नदिहरु सागर कहाँ पुग्दछन र?
कोहि ढाँड भित्र पसेका छन् 
कोहि बालुवाँ मै शोसिएका छन् 
कोहिँ बाँध भित्रै खुम्चिएका छन् ।

ज्वारभाट संगै बग्ने नदि कहाँ रोकिन्छ ?
लक्ष्य तय गरिएको यात्रा कहाँ छेकिन्छ ?
त्यसैले म हिडिरहेको छु 
अन्तिम सम्म हिडिरहने छु ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here