मोरोक्को पहिलोपटक सेमिफाइनलमा प्रवेश, पोर्चुगल भने विश्वकपबाट बाहिरियो

0
12

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको आजको खेलमा मोरोक्कोसँग १–० गोल अन्तरको हार व्यहोर्दै क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल बाहिरिएको छ ।

तेस्रो क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध १–० जित निकालेसँगै मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलको अन्तिम मिनेटमा १० खेलाडीमा समेटिएको मोरोक्कोलाई ऎतिहासिक जित दिलाउन युसेफ एन नेस्रीले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा युसेफ एन नेस्रीले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । र, यही गोल निर्णायक बनेपछि मोरोक्को अफ्रिकाबाट सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बन्यो ।

मोरोक्कोअघि तीन अफ्रिकी मुलुकले विश्वकपको क्वार्टरफाइनल खेले पनि सेमिफाइनलमा स्थान बनाउन भने सकेका थिएनन् । यसअघि, अफ्रिकाबाट घाना, सेनेगल र क्यामरूनले विश्वकपको क्वार्टरफाइनल खेलेका थिए ।

खेलको इन्जुरी टाइममा वालिद चेदिराले बर्नार्डो सिल्भामाथि फाउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि मोरोक्को १० खेलाडीमा समेटिएको थियो । चेदिराले इन्जुरी टाइममा नै पहेँलो कार्ड पाएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here