मोदीलाई नेपालमा किन गर्ने स्वागत ?

0
362

विद्यानाथ अधिकारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल आउ“दैछन् । उनलाई जनकपुर र काठमाडौ“मा नागरिक अभिनन्दन गर्ने भव्य तयारी भइरहेको खबर सञ्चार माध्यममा आएका छन् । उनको भ्रमणको तयारीका लागि भन्दै भारतीय सुरक्षाकर्मीहरु तथा गुप्तचरहरुले कैयौ“ दिनदेखि नेपालमा दृष्य÷अदृष्य खालका चलखेल गरिरहेका छन् । खासगरी उनको नागरिक अभिनन्दन हुने भनिएको जनकपुर र त्यस आसपासका क्षेत्रमा उनीहरुको उपस्थिति बाक्लिदै गएको छ, यद्यपि एउटा देशका प्रधानमन्त्री अर्को देशमा जानु सामान्य कुरा हो । तर भारतीय प्रधानमन्त्रीको यतिबेलाको नेपाल भ्रमण र उनलाई स्वागत गर्न जे जस्तो तयारी भइरहेको छ, त्यो स्वाभाविक मान्न सकिदैन । अझ उनलाई गर्ने भनिएको “नागरिक अभिनन्दन” ले त स्वाभिमानी नेपालीको शीर झुकाउने काम गरेको छ ।

नरेन्द्र मोदी, जसले नेपालमाथि पा“च महिना लामो नाकाबन्दी लगाएर नेपालीमाथि राजनीतिक अपराध गरे, उनैलाई नेपाली नागरिकले अभिनन्दन गर्न सक्दैनन् । मोदीका केही भक्तहरुले उनको चाकरीका लागि “नागरिक अभिनन्दन” नाम दिएर आफ्नो स्वामीभक्ति प्रकट गर्न खोजेका मात्र हुन् भन्ने कुरा प्रष्ट छ ।

संविधान र राष्ट्रियताका शत्रु नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधान सभाबाट संविधान बन्नै नदिन ठुलो प्रयत्न गरेको कुरा नेपाली जनाताले बिर्सेका छैनन् । संविधान जारी हुन नदिन मोदी सरकारले नेपालमाथि धेरै नै दबाब दिएको थियो । संविधान बनिसकेपछि पनि त्यसलाई खारेज गराउन उनले पुरै प्रयास गरेका थिए । तर त्यो सम्भव नभएपछि आफू अनुकूल राष्ट्रघाती प्रकारका संशोधनहरु गराउन उनले नेपालका विरुद्ध पा“च महिना लामो नाकाबन्दी लगाउने काम गरेका थिए । मोदीले मुट्ठीभर पृथकतावादीहरुलाई उक्साएर तराईलाई नेपालबाट अलग गराउनका लागि उक्साउने काम गरेका थिए । उनले नेपालको संविधानका विरुद्ध अन्तर्राष्ट्रिय अभियान नै चलाएका थिए । उनको त्यो नीति अहिले पनि कायम छ ।

मोदीको नेतृत्वमै भारतीय शासकहरुले चीनसितको नेपालको सम्बन्ध विस्तारका प्रयत्नहरुलाई रोक्ने कोशिस गर्दै आएका छन् । नेपालको अन्य देशहरुसितको व्यापारलाई नियन्त्रित गर्न र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई अनुमोदन गरिएको छैन । नेपालमाथि आफ्नो पुरै नियन्त्रण कायम गर्न भारतीय शासकहरुले निरन्तर रूपमा प्रयत्न गर्दै आइरहेको कुरा कुनै लुकेको कुरा होइन । यस अघि उनीहरुले छद्म रूपमा नियन्त्रणको प्रयास गर्दै आएका थिए भने नरेन्द्र मोदी प्रधानमन्त्री भइसकेपछि नाङ्गो रूपमा नै भारतीय शासकहरुले नेपालमाथि हस्तक्षेप बढाएर लगेका छन् ।

भारतीय पक्षले नेपालको संविधानलाई अहिले पनि स्वागत गरेको छैन । त्यसमा आफू अनुकूलको संशोधनका लागि उसको प्रयास निरन्तर जारी छ । न त पहिले नेपालमाथि लगाएको नाकाबन्दी र नेपाली जनतालाई दिएको दुःखप्रति नै भारतीय पक्षले कुनै क्षमायाचना नै गरेको छ । यस्तो अवस्थामा मोदीलाई नेपालमा गर्ने भनिएको स्वागत नेपाली जनताको अपमान र संविधानको पनि अपमान हो ।

रोकिएको छैन सीमा अतिक्रमण

यदी मोदीले नेपालस“ग वास्तवमै सम्बन्ध सुधार गर्न चाहेका हुन्थे भने सीमा अतिक्रमण रोकिनु पर्ने थियो । सीमाक्षेत्रमा भारतीय पक्षले बा“धेका बा“ध र बा“ध जस्तै सडकहरुका कारण वर्षेनी हजारौ“ नेपालीको घरजग्गा डुबानमा परेको छ । त्यसलाई उनीहरुले सुधार होइन, निरन्तरता नै दिइरहेका छन् । अहिले पनि कञ्चनपुर लगायतका कतिपय जिल्लामा सीमा अतिक्रमण कायमै राखिएको छ । केही दिन अघि मात्रै कञ्चनपुरको पुनर्वास नगरपालिका बिचफा“टामा भारतीय एस.एस.बी. ले नेपालीले आफ्नै भूमीमा जङ्गली जनावरको आतङ्क रोक्न लगाएको तारबार उखेलेर फालिदिएको छ ।

गत वर्ष पुनर्वासकै आनन्द बजारमा भारतीय पक्षले गरेको सीमा अतिक्रमण विरुद्ध भेला भएका नेपालीहरुमाथि भारतीय एस.एस.बी. ले गोली हानेको थियो । त्यस क्रममा पुनर्वासका गोविन्द गौतमको ज्यान गएको थियो । नेपाल सरकारले उनलाई सहिद घोषणा गरेको छ । तर भारतीय पक्षले त्यस घटनाबारे कुनै पश्चाताप गरेको छैन ।

नेपालको सीमाक्षेत्रमा भारतीय पक्षले लामो समयदेखि अतिक्रमण गर्दै आएको छ । केही समययता हराएका सीमा पिल्लर खोज्न र सीमारेखा यकिन गर्न भन्दै संयुक्त सीमा सर्वेक्षण टोली बनाइएको छ । तर त्यो टोलीले पनि कैयौ“ स्थानमा नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएको लालपुर्जावाला जमिनमै सीमा स्तम्भ गाड्ने काम गरेको छ । संयुक्त सीमा सर्वे टोलीले काम गर्दागर्दै पनि भारतीय पक्षले सीमा क्षेत्रमा बा“ध बनाउने र सडक खन्ने काम रोकेको छैन । त्यसले नै उनीहरुको विस्तारवादी चरित्र उदाङ्गो हुन्छ । नेपालकै कुनै भागमा सीमा अतिक्रमण भइरह“दा र नेपालीमाथि भारतीय पक्षले ज्यादती गरिरह“दा भारतीय प्रधानमन्त्रीको स्वागत वा “नागरिक अभिनन्दन” गरिनु कति जायज हुन सक्छ ?

सीमानामा नेपालीमाथि उस्तै ज्यादती

नेपालबाट हजारौ“ मानिसहरु भारतका विभिन्न शहरहरुमा ज्याला मजदुरी गर्न जाने गर्दछन् । भारतबाट पनि हजारौ“को सङ्ख्यामा मजदुरहरु नेपालका विभिन्न क्षेत्रमा क्रियाशील छन् । खुला सीमानाका कारण नेपालीहरु भारत जाने र भारतीयहरु नेपाल आउने गर्दछन् । भारतका सीमावर्ती शहरबाट मजदुरी गरेर घर फर्कने नेपालीहरुलाई भारतीय कस्टम, प्रहरी, अर्धसैनिक बल एस.एस.बी. लगायत भारतीय पक्षले निकै दुव्र्यवहार गर्ने गरेका छन् । मानौ“, उनीहरुका लागि नेपाली भनेका दोस्रो दर्जाका नागरिक हुन् । नेपालीलाई लुट्ने, कुटपिट गर्ने, गालीगलौज गर्ने वा दुब्र्यवहारले निरन्तरता पाइरहेको छ । अधिकांश नेपालीहरुले भारतबाट मजदुरी गरेर फर्कदा सीमा क्षेत्रमा रकम बुझाउनु पर्ने हुन्छ अन्यथा उनीहरुले दुब्र्यवहार सहनु पर्ने हुन्छ । नेपाली जनतालाई भारतीय पक्षले सम्मान गर्दैन र दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्छ भने नेपाली जनताले भारतीय शासकलाई नागरिक अभिनन्दन किन गर्नु प¥यो ?

‘कोर्स करेक्सन’ को झुटो दाबी

कतिपय मानिसहरुले यो बताउ“दै आएका छन् कि पछिल्लो पटक मोदीले नेपालस“गको सम्बन्ध सुधार गर्न चाहेका छन् । उनले नेपालस“ग कोर्स करेक्सन गरी पुरानै सम्बन्ध स्थापित गर्न खोजेको केही बुद्धिजीवीहरुको दाबी छ । तर यो कुरा व्यवहारले गलत प्रमाणित गरिसकेको छ । मोदीले नेपालसँग चाहेको सम्बन्ध नेपालमाथि पूर्ण नियन्त्रण कायम गर्नकै लागि मात्र हो । नेपालले चीन वा अन्य देशस“ग आर्थिक, राजनीतिक सम्बन्ध बिस्तार नगरोस् भन्ने उद्देश्यले नै नेपालका शासकहरुलाई उनले अनेकन् प्रलोभन दिने गरेका छन् ।

मोदी सरकारकाले नेपालप्रति अहिले पनि जे जस्ता नीति अवलम्बन गरेको छ, ती सबै भारतीय विस्तारवादले लगातार नेपालप्रति अपनाउ“दै आएको विस्तारवादी नीतिहरुको नै निरन्तरता हो । त्यो बाहेक आफ्नो कट्टर हिन्दूवादी चरित्रका कारणले मोदी सरकारले नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि कैयौ“ प्रकारका षडयन्त्रहरु गर्दै आएको छ । उनीहरुले राजतन्त्रको पुनस्र्थापनाका लागि राजावादीहरुलाई प्रोत्साहित गर्ने काम गरिरहेका छन् । ती उद्देश्यहरु पुरा गर्न नेपालका विभिन्न राजनीतिक पार्टीहरुलाई विभिन्न प्रलोभनहरु दिएर किन्ने वा दबाब दिने समेत काम गरिरहेका छन् । ती सबै नीतिहरुका पक्षमा वर्तमान सरकारलाई बढीभन्दा बढी उपयोग गर्ने प्रयत्न भइरहेको छ । वर्तमान नेपाल भ्रमणको उद्देश्य त्यस प्रकारको उद्देश्यद्वारा निर्देशित भएको कुरालाई बुझ्न गाह्रो पर्दैन ।

ओलीको ‘यू टर्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको निर्वाचन अगाडिसम्म राष्ट्रियताको पक्षमा अडान लिइरहेका थिए । पहिलो पटक प्रधानमन्त्री हुँदा उनले नाकाबन्दी विरुद्ध लिएको अडानले अहिले पनि प्रशंसा पाइरहेको छ । त्यतिबेलाको राजनीतिक परिस्थितिले उनलाई राष्ट्रवादी बनाई दिएको थियो । उनी प्रधानमन्त्री हु“दा देशमा भारतीय नाकाबन्दी थियो । नेपाली काङ्ग्रेसको सरकारले नाकाबन्दी भयो भनेर उच्चारण गर्न समेत नसकेको अवस्थामा उनले नाकाबन्दी विरुद्ध आवाज उठाए । तर उनको सत्ता लामो समयसम्म टिक्न सकेन । भारतीय योजनामै सत्ता गठबन्धनमा सामेल माओवादी केन्द्रले ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरायो र उनी सत्ताच्युत भए । काङ्ग्रेस–माओवादीको विरोध प्रकारान्तरले भारतकै विरोध हुन्थ्यो । त्यस्तो विरोध राष्ट्रियताका पक्षमा थियो । तर जब प्रतिनिधि सभाको निर्वाचन भयो, एमाले र माओवादी केन्द्रको गठबन्धनले स्पष्ट बहुमत ल्यायो । केपी ओली प्रधानमन्त्री बन्ने निश्चित भइसकेको थियो, ठिक त्यति नै बेला भारतीय पक्षले वीरगञ्जमा नेपाली भूमी मिचेर सीमा पिल्लर सारेको समाचारहरु आइरहेको थियो । तर निर्वाचन अघिसम्म भारतीय ज्यादतीको विरोध गरेर राष्ट्रवादी छवि बनाएका ओलीको पार्टी एमाले मौन बस्यो, बरु भारतीय विदेश मन्त्री सुस्मा स्वराजलाई नेपालमा बोलाएर कूटनीतिक मर्यादाको उल्लङ्घन गर्न पुग्यो ।

प्रधानमन्त्री हुनासाथ दिल्लीमा ओहोदाको प्रमाण पत्र बुझाउने परिपाटीलाई ओलीले पनि निरन्तरता दिए । प्रधानमन्त्री भएको सय दिन नपुग्दै ओली भारत भ्रमणमा गए । तर तिनले न त्यहा“ सीमा अतिक्रमणबारे कुनै उच्चारण गरे, न त नेपालीमाथिको दुव्र्यवहार अन्त गर्न नै कुनै भूमिका खेले । अझ उनले मोदीस“गको संयुक्त वक्तब्यमा यस अघि भारतस“ग भएका सन्धि–सम्झौताहरु कार्यान्वयन गर्ने दृढता प्रकट गरेका छन्, जसमा महाकाली सन्धि लगायतका कैयौ“ राष्ट्रघाती सन्धिहरु समेत सामेल छन् ।

अन्तमा, प्रधानमन्त्री ओलीका लागि भारतीय प्रधानमन्त्रीको स्वागत गर्नु आफ्नो सत्ता बचाउन गर्नु पर्ने कर्मकाण्ड होला । त्यसका लागि उनले “नागरिक अभिनन्दन” को नाम पनि दिएका छन् । तर नेपाली जनताको नजरमा मोदीप्रति त्यस्तो कुनै सम्मानभाव छैन, जसले नागरिक अभिनन्दन पाओस्, बरु मोदीको नेपाल भ्रमणका क्रममा नेपालको संविधान र नेपाली सार्वभौमिकताप्रति भारतीय हस्तक्षेप, सीमा अतिक्रमण, नेपालीमाथिको ज्यादती, सीमानामा हुने दुव्र्यवहार एवं सीमा क्षेत्रमा बा“धिएका बा“धहरु भत्काउनेबारे छलफल हुनु पर्छ । त्यसो भएमा मात्र ओली सहित मोदीप्रति पनि नेपालीको सम्मान बढ्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here