नादियाड । नेपाल घर दैलेख भैरवी गाउँपालिका १ रावतकोट निवासी टोप बहादुर विष्टको गुजरातको नाडियाडमा मोटर साइकल दूर्घटनामा परि दु:खद निधन भएको छ । सोही मोटर साइकलमा यात्रा गरिरहेका जगत कामी भने गम्भी र घाइते छन् । हाल उनको नाडियाडमा उपचार चलिरहेको छ ।
मृतक विष्टको शव मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु आफन्तजनको रोहबरमा दाहासंस्कार गरिएको छ । समाजका सदस्य समेत रहेका विष्टलाई नगर अध्यक्ष जगत विष्टले मृतक विष्टको शवलाई एकता समाजको झण्डा ओढाएका थिए ।
सो दाहासंस्कार पछि शोक सभा सम्पन्न गरिएको थियो । कार्यक्रमको सञ्चालन वेद प्रकाश रावलले गरेका थिए । मृतक विष्टका २ छोरा र २ छोरी छन् ।