मेरो पनि सुन्नु होस् प्रधानमन्त्री ज्यू

0
520

सम्मानीय प्रधानमन्त्री ज्यु
हामीलाइ बास्तबमा रेल चाहिएको छैन । किन चहियो रेल ? रेलको सट्टामा बस ल्याइदिनु होस् । राम्रो खालको बाटो बनाइ दिनु होस् । फराकिलो किन चाहियो र ? मानौ बाग्लुङको निशिखोला गाउपालिकाबाट काठमाडौं जान ८ देखि घण्टा लाग्छ अहिले ४–५ घण्टामा पुग्ने बाटो बनाइ दिनु होस् ।

किन चाहियो घर घरमा पाइप लाइन ? हामी काँधमा हालेर पसलबाट बोक्छौं । मात्र ग्यासको ग्यारेन्टी गरिदिनु होस् ।

किन चाहियो हावाबाट बिजुली प्रधानमन्त्री ज्यु ? हाम्रो देशको जलश्रोतले धनी छ, पानीबाटै बिजुली निकाल्नु होस् । ढोरपाटन हाइड्रो पावोर जत्ति पनि पुग्छ । स्वरोजगार म जस्ता युवाहरूलाई देशमै रोजगारीको बाटो देखाई दिनु होस् । अरबको खाडीमा पसिना बेच्ने रहर हैनौं हामी नेता ज्यू । तपाईहरूले गर्दा बाध्य भएका हौं मातृभुमीप्रती माया देखाई दिनु होस् ।

किन चाहीयो हामी नेपालीलाई स्वीटजरल्याण्ड ? नेपाललाई नेपाल नै बनाई बनाई राख्नु होस् । सुन्दर रमणीय, सगरमाथाको देश, गौतमबुद्धको देश, मार्छापुच्छ्रेको देश, लाली गुरासले रंगिएको, डाफे र मुनाल नाचेको नाचिरहने देश नेपाल । कम्युनिस्ट पार्टीको खोल ओडेर देश सिरिया बनाउने खेलमा लाग्नु होस् नेता ज्यू ।

हामीलाई किन चाहियो संघीयता ? सैयौं फूलका थुंगा हामी एउटै माला नेपाली भन्ने गित गुनगुनाएका नेपाली जाति हौं हामी । हामीलाई त्यसरीनै स्थानीय स्वशान देउन बरु ।

हिमाल सागर रेग्मी (श्याम )
बाग्लुङ निशिखोला गाउपालिका ४
हाल ओमन खाडी मस्कट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here