मेरो घर एक फलामे स्तम्भ हो

0
363

खिमराज चालिसे, चंडीगढ़

पथ्थर टुटोस, सिसा फुटोस विचार नटुटोस ।
वर्ग संघर्ष को मजबूत डोरी स्पात झै जुटोस।।
विचारधारा एकजुटताको नभमा चम्कि रहोस।
अवसरवाद संग लड्न दृढ़ हिम्मत वढोस ।।

त्यो मन न कापोस न कतै ह्रदय डगमगाओस।
मन मित्र यस्तै अदम्य साहासी विचार आओस ।।
सतवुद्बी आओस दिव्य विचार त्यो मष्तिष्कमा ।
सुदृढ इरादा होस अल्मलिएका पदचिह्नमा।।

स्वार्थ अहंकार तथा घमण्ड कोसौ टाढा भागोस।
न्यायको वाटोमा झनै दृढ़ चिन्तन आओस।।
खुसी ,एकता छाओस परिवार मै दरार नआओस।
अवसरवाद निर्मुलहोस कतै नजरै नआओस।।

मेरो घर एक फलामे स्तम्भ हो फलामे रहोस।
हर सदस्यमा लौहअनुशाशन दृढ़ छाओस।।
दुश्मन भागोस मित्र भीत्रको हुकार जाओस।
सर्प, वारुलाको विषपनि अमृत सरी वनोस।।

कुतर्क भ्रम तोडदै सिद्भान्तको रक्षा कवज वन्दै।
अहंकार भगाउदै सुदृढ विचार को डोरी वन्दै।।
पुर्णिमा को रात जस्तै उज्जलता संसारै छाओस।
सभ्यता र सुशासन को प्रतिविम्ब यही पाओस।।

जनचक्क्षुमा अटल ध्रुवतारा झै चम्किरहोस ।
सुर्यको तेजजस्तै उज्यालो पथमा लम्किरहोस।।
अन्याय अत्याचार असमानताको जंजीर तोडदै।
नभमा समानताको उदय होस भ्रम तोडदै।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here