नयाँ दिल्ली । भारत राजधानी नयाँ दिल्ली एनसीआर फरिदाबाद स्थित वैश्य धर्मसाला हॉलमा पहिलो बृहत सांस्कृतिक कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको हो ।
युवाहरुको जोसबाट साजिएकोमेची महाकाली जागरण अभियान भारत (रजि) संस्थाका अध्यक्ष किसन बोहराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अखिल भारत नेपाली एकता मंचका अध्यक्ष ईश्वरी भण्डारी प्रमुख आतिथि तथा विशिष्ट अतिथिमा प्रकाश नेपाली (अन्तराष्ट्रीय नेपाली समास भारतका अध्यक्ष), दिपक जीसी (समाजसेवी), बलबहादुर महरा (युवा समाजसेवी), माईकल क्षेत्री (युवा समाजसेवी) को उपस्थिति रहेको थिए ।
नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रम उपाध्यक्ष सुरेन्द्र बोहराद्वारा संचालन गरिएको थियो भने संस्थाका प्रवक्ता खेमराज भट्टले स्वागत मन्तब्य दिएका थिए ।
साथै संस्थाका महासचिव मदन धामीले आफ्नो मन्तब्य दिदै आर्थिक रुपमा समृद्धि नै यो संस्थाको मुल एजेण्डा हो । प्रवासमा रहेर पनि हामी सबै नेपालीले व्यवसायिक रुपमा उत्पादन संग जोडिएर आर्थिक उन्नतिको विकासमा जोर दिएका थिए र संस्थाद्वारा भारत प्रवासमा नेपालीका लागि गरिएको कार्यका साथ संस्था गठन गर्ने प्रमुख उद्देश्यको लेखा जोखा दिएका थिए ।
प्रतिभाको खोजि (दिल्ली आइडोल ) कार्यक्रमबाट चर्चित भएका कलाकारहरुको कार्यक्रममा प्रमुख भागिदारी रहेको थियो । नेपाली राष्ट्रिय कलाकारका साथ स्थानीय कलाकारहरुलाई मंच साझेदारी गर्ने वातावरण सिर्जना गर्ने यो पहिलो संस्थाका रुपमा चिनिएको छ । स्थानीय बाल कलाकारहरुको प्रदर्शन (नृत्य, गायन) बाट प्रभावित भएर दर्शकहरुले नगद रकम पनि दिएका थिए । आयोजक समितिले उक्त रकमलाई सम्बन्धित कलाकारलाई मंचमा हस्तान्तरण गरि संस्थाको पारदर्शिता देखाएका थिए ।
विदेशी भूमि भारतमा नेपाली राष्ट्रीय बहुभाषा, बहुभेषभूषा बहुधार्मिक, बहुसांस्कृतिक नेपाली पहिचानलाई जोगाएर प्रचार संरक्षण र नेपाली सांस्कृतिक पहिचानलाई जोगाऊनका निम्ति प्रवासमा संस्थाले गरेको बहुसांस्कृतिक कार्यक्रम अति उल्लेखनिय थियो । लोक-दोहोरी, आधुनिक, डेउडा गीत संगीतका साथ सुन्दुरपश्चिमिले (देउडा) नृत्य र नेपाल – नेपालीलाई चिनाउने सांस्कृतिक पोशाकले कार्यक्रमको हाल मिनी नेपालमा परिवर्तन भएको थियो ।
दुई हजार भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको कार्यक्रममा संगीता शाह (वरिष्ठ डेउडा गायिका), निरुता खत्री (लोक गायिका), सुधिर जैरु (आधुनिक गायक), गोविन्द पौडेल (लोक गायक), तथा पहिलो र दोस्रो स्थान (दिल्ली आइडोल) प्राप्त गर्ने (सृष्टि अधिकारी र निशा श्रेष्ट) कलाकारहरु को धमाकेदार प्रदर्शनले दर्शकहरु अति उत्साको तरंगमा रमाई रहेका थिए ।
अनुशासित कार्यक्रममा नेपाली देशभक्त आवाजले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए । नेपाली युवाहरु (नेपाली देशभक्त आवाज) छातीमा नेपालको झन्डा इंगित टिसर्टमा रंगिएका थिए तथा हल भित्र दर्शकहरुलाई नियन्त्रण गर्नमा मुख्य भूमिका रहेको थियो । उक्त कार्यक्रमको बीच – बीचमा संचालक सुरेन्द्र बोहरा द्वारा विशेष सहयोगीहरुको नाम सम्झिएका थिए । विशेष सहयोगीहरु – : करन बिष्ट, राकेश पनेरु, शेरसिंह बोहरा, बिस्नु बस्नेत, करन खड्का ।
ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा सजिएको फरिदाबादमा यो पहिलो नेपाली सांस्कृतिक कार्यक्रम आयोजित भएको बताए संस्थाक महासचिव मदन धामीले । कार्यक्रममा नयाँ दिल्ली, एनसीआर तथा फरिदाबादमा सक्रिय विभीन्न संघ संस्थाका प्रतिनिधित्व साथ नेपाली समाजसेवीहरु को बग्लो उपस्थिति रहेको थियो । साथै अतिथि कलाकारहरूलाई खादा मालाका साथ माया को चीनो पनी आयोजक समितिले दिएको थिये ।
डीसी नेपाल बाट