काठमाडौं/ अखिल नेपाल युवक सङ्घको गत पुस ७ र ८ गते कैलालीको धनगढीमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले निर्णय गरे बमोजिम संघले आफ्नो कार्यतालिका सार्वजनिक गरेको छ ।
देशमा बढ्दै गएको भ्रर्ष्टाचार र संसदमा विचाराधीन राष्ट्रघाति नागरिकता ऐन संशोधन विधेयक विरुद्ध ‘मेची महाकाली खबरदारी अभियान’ सञ्चालन गर्न लागेको संघका अध्यक्ष अनिलकिशोर घिमिरेले ई- मिसन खवरलाई बताउनुभयो ।
घिमिरेले उक्त अभियानको उद्घाटन माघ १५ गते कञ्चनपुरको महेन्द्रनगरबाट गरिने र तराईका विभिन्न जिल्लाहरुहुँदै माघ २९ गते झापाको काँकडभिट्टामा पुगेर समापन हुने बताउनुभयो । संघले एक विज्ञप्ति जारी गर्दै अभियानको कार्यतालिका सार्वजनिक गरेको हो ।
“मेची महाकाली खबरदारी अभियान”को कार्यतालिका:
- माघ १५ गते- महेन्द्रनगरमा कार्यक्रमको उद्घाटन, बेलौरीमा जनभेटघाट र कोणसभा, धनगढीमा भेटघाट, अत्तरियामा सांस्कृतिक सभा र बास,
- १६ गते- लम्की, भुरिगाउँ, नेपालगञ्जमा कोणसभा, जनभेटघाट गर्दै कोहलपुरमा बास,
- १७ गते- शमसेरगञ्ज, कुसुम, अमेलिया, तुल्सीपुर कायक्रम गर्दै घोराहीमा बास,
- १८ गते- घोराही पत्रकार भेटघाट, लमही, लालमटियामा कोणसभा, जनभेटघाट गर्दै भालुवाङमा सांस्कृतिक सभा र बास,
- १९ गते- चन्द्रौटा, गोरुसिङे सभा, प्रचारप्रसार गर्दै चार नम्बर बास,
- २० गते- चार नम्बर कार्यक्रम, पिपरा, सालझण्डी प्रचारप्रसार गर्दै हरैया भेटघाट र बास,
- २१ गते- मुर्गिया, नयाँगाउ, बेलबास कोणसभा गर्दै बुटवल कार्यक्रम र बास,
- २२ गते- सुनवल, परासी, बर्दघाट, कार्यक्रम गर्दै सोह्र नम्बर जनभेटघाट र बास,
- २३ गते- गैंडाकोट जनभेटघाट, नारायणघाट सांस्कृतिक सभा र टाँडीमा बास,
- २४ गते- हेटौंडा कोणसभा, प्रचारप्रसार गर्दै सिमरा सांस्कृतिक सभा र बास,
- २५ गते- निजगढ, चन्द्रनिगाहपुर कार्यक्रम गर्दै रौतहट बास,
- २६ गते- सर्लाही, महोत्तरी, धनुषा, सिराहा प्रचारप्रचार गर्दै सप्तरी बास,
- २७ गते- इटहरी, धरान, विराटनगर कार्यक्रम र इटहरी बास,
- २८ गते- दमक प्रचारप्रचार, बिर्तामोड सांस्कृतिक सभासहित बास,
- २९ गते- काकडभित्ता प्रचारप्रचार, सभासहित समापन