मूल प्रवाह हापुडको छैठौं नगर सम्मेलन सम्पन्न

0
199
हापुड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हापुड नगर समितिको छैठौं नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले मेघराज केसीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
जसमा: उपाध्यक्ष– मोतिचन्द गौतम, सचिव– भोज बहादुर थापा, सहसचिव– रोहित शर्मा र कोषाध्यक्ष– प्रेम गिरी चयन भएका छन् । त्यस्तै सदस्यमा: महेन्द्र विक्रम सिंह पुन, लोक कुमारी, गणेश शर्मा, निरा थापा, राजकुमार आत्रे, लालबहादुर वैकल्पिक सदस्यमा: अमित थापा, नारायण पाण्डे र नारायण सिंह रहेका छन् । सम्मेलनले बाबुराम थापा, गणेश बोहरा, सिताराम र पदम धामीलाई सल्लाहकार चयन गरेको छ ।
सम्मेलन बाबुराम थापाको अध्यक्षता तथा मोति चन्द गौतमको सञ्चालमा अगाडि बढेको थियो । सम्मेलनमा सहभागिहरुलाई मेघराज केसीले स्वागत गरेका थिए ।
केन्द्रीय प्रतिनिधि धनवीर पुन, क्षेत्रीय सचिव विशंकर पराजुली, सदस्य धर्म खनाल, ओखला नगर समितिका विजय खनाल, हाम्रो स्वाभिमान ट्रष्टका राजकुमार लगायतले नवनिर्वाचित समितिलाई बधाई दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here