मूल प्रवाहद्वारा आर्थिक सहयोग

0
301

भटिण्डा । प्यूठान नगरपालिका १६ खलंगा निवासी हिरा बहादुरका नाती, काली बहादुर बोहराका छोरा वर्ष २५ का ज्ञानु बोहराको पञ्जाबको भटिण्डास्थित रामपुरापूmलमा मोटरसाइकल दुर्घटनामा परि सिकिस्त छन् ।

उनको आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भटिण्डाले आर्थिक संकलन गरि रु. ४० हजार ८ सय नगद विमारीलाई सहयोग गरेको छ । सो करम क्षेत्रीय समितिका नरबहादुर ओलीले विमारी ज्ञानु बोहराका परिवारका एक सदस्यलाई हस्तान्तरण गरेका हुन् ।

ज्ञानु बोहरा ६ जनवरीका दिन भटिण्डाको रामपुराफूलमा बाइक दुर्घटनामा परेका हुन् । हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here