सिलाङ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलाङ नगर समितिले एक आर्थिक पिडीतलाई सहयोग गरेको छ । हाल सिलाङमा बस्दै आएका बाग्लुङ तंग्राम खाइखोला निवासी लछुमन साकीका छोरा कबे सार्की की श्रीमती उमाकला सार्की जो पायल्स र क्यान्सर विमारीबाट पिडीत छन्लाई नगर समिति सिलङले रु १४ हजार रकम सहयोग गरेको छ ।
उमा सार्कीले घरमा स्टोवमा खाना बनाउ“दै गर्दा स्टोब विस्फोट हुँदा खुट्टा जलेकोले उनलाई उपाचारका लागि सो रकम सहयोग गरिएको हो । सो सार्की परिवारले नगर समिति सिलंगमा आर्थिक समस्या देखाउ“दै निवेदन दिए पश्चात नगर समितिका प्रतिनिधि मण्डलले घटना र परिवारीक अवस्थाको छानविन पश्चात आर्थिक संकलन गरि सो सहयोग गरेको हो ।
आर्थिक सहयोग पाए पश्चात उमा सार्की स्वदेश बाग्लुङ फर्किएको सकेको नगर अध्यक्ष तेजेन्द्र घिमिरेले बताएका छन् । नगर समितिबाट आर्थिक सहयोग पाए पश्चात एकता समाजका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई उमा परिवारले धन्यवाद समेत प्रकट गरिन् ।