शहिद सरोज शर्मा (कामरेड सोवाखर धनन्जय) जस्ता कैयौं होनहार व्यक्तित्वहरुको रगतले सिंचीत तथा हजारौं श्रमजीवी कार्यकर्ताहरुको मेहनत र लगनबाट विकास विस्तार भइरहेको प्रवासी नेपालीहरुको छाता संगठन मूल प्रवाह एकता समाजको नाम मात्र लिन पाउँदा हजारौं कार्यक्रताहरुमा गर्वको महशुस हुन्छ र छाती फुल्छ, नशानशामा जोस जागर उमंग र हौसलाको रक्तसंचार छुन्छ । अझ यो संगठन (मूल प्रवाह अखिल भारत नेपाली एकता समाज) को चार दशक गौरवमय पृष्ठभूमिले अझै शसक्त, अझै मजवूत र दृढतापूर्वक कामगर्ने आँट जागेर आउँछ । सबैप्रकारका अवसरवादीहरु, प्रतिक्रियावादीहरु तथा साम्राज्यवादी एवं विस्तारवादको विरुद्ध निर्ममतापूर्वक संघर्ष गर्ने इच्छाशक्ति भित्रैबाट जागेर आउँछ । यसप्रकारको जोस सहितको आत्मविश्वास दिनसक्ने मूल प्रवाहको ४० औं वर्ष प्रवेशप्रति सम्पूर्णमा मेरो हार्दिक शुभकामना । साथै म जस्ता धेरै लाहुरेहरुलाई थोरै भएपनि वुझ्ने, लेख्ने, पढने, वोल्ने र अनुशासित बन्न सिकाउने संस्थाका सम्माननीय अग्रज नेताहरुमा हार्दिक नमन एंव यो अविचलीत यात्राका शहिदहरुलाइ श्रद्धांजली ।
देशमा तत्कालीन सामन्ती व्यवस्था तथा पञ्चायती तानाशाही सरकारको चपेटामा परेका म जस्तै नेपालीहरुले साझ विहानको छाक टार्ने वाध्यतालाई काखि च्यापेर विदेश पस्ने नेपालीहरुले भारतको इतिहासमा पहिलो पटक नेपाली मजदुरहरुको वृहत साझा कार्यक्रम सहितको सामाजिक संगठन अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नोबेम्वर १९७९ मा श्री गोविन्द सिंह थापाको नेतृत्वमा भएको थियो । यसलाई स्थापनाका लागि आधार तैयार पार्ने काम भने नेपाली वामपंथी आन्दोलनका प्रखर नेताहरु मोहनविक्रम सिंह, चित्रबहादुर केसी र निर्मल लामाले गर्नुभएको थियो । वहाँहरुको पक्षपोषणमा हुर्किएको यो संस्थाले कश्मीरदेखि कन्याकुमारीसम्म फैलिएर रहेका लाखौंलाख नेपालीहरुको (स्थायी तथा अस्थायी दुवैप्रकारका नेपालीहरुको) हकहित तथा न्याय र अधिकारको निम्ति संधै अग्रपंक्तिमा रहेर संघर्ष गर्दै आइरहेको छ । यसरी आम शोषित पिडित नेपालीहरुको पक्षमा संधै निर्भिकतापुर्वक संघर्ष कै परिणाम एकता समाज आज लाखौंलाख नेपालीहरुको आँखाको नानी जस्तै प्यारो र लोकप्रिय बन्दै गइरहेको छ ।
आज हामी हाम्रो संगठन स्थापनाको गौरवशाली ४० औं वर्ष प्रवेश गर्दा करिब चार दशकको समय भित्र लाखौंलाख नेपालीहरुको उद्धार गर्दै पुर्वोत्तरका विकट वस्तीहरु, हिमाचलका पहाडी कन्दरा तथा हिमपातसँग पैठेजोरी खेल्दै र नेपालीहरुको हकहित न्याय र स्वतंत्रताको लागि हुंकार भर्दै निरन्तर अगाडि वढने क्रममा जम्मूकश्मीरको सामुहिक हत्याकाण्ड, दिल्लीको सुमित्रा हत्याकाण्ड, कार्विआङलोङको सामुहिक हत्याकाण्ड, हिमाचलको दुर्घटना, हेमराज आरुषि हत्याकांड लगायतका सयौं राष्ट्रिय मुद्धाहरुमा पिडीतहरूलाई न्याय र क्षतीपूर्ती दिलाउने काममा अविचलीत संघर्ष गर्दै आइरहेको छ । कहिले वेचिएका चेलीहरुको उद्धार गर्दै त कहिले लावारिस अवस्थामा भेटिएका लासहरुका वारिस खोज्दै, कहिले विभिन्न दुर्घटनामा परेकाहरु तथा आश्रितहरुको लागि क्षतीपूर्ती दिलाउँदै त कहिले वैदेशिक रोजगारको लागि ठगिएकाहरुको उद्धार गर्दै हत्या हिंसा, कुटपिट तथा सयौं अन्याय, असमानता विरुद्ध सघर्ष गर्ने, सिमानाहरु एंव वस अड्डा तथा रेलवे स्टेशनहरुमा हूने लुटमारका विरुद्ध सिमा जुलूस, पत्रकार सम्मेलन, दुवैदेशका प्रधानमंत्री तथा प्रदेश सरकारहरुलाई ज्ञापन दिई समस्याको उजागर गर्ने लगायतका कौयन दवावमुलक कार्यक्रम गर्दै आइरहेका छौं ।
हुन त मूल प्रवाह एकता समाजको संगठन स्थापनाको छोटो समयमा तात्कालिक पञ्चायती व्यवस्थाको विरुद्ध १२ मई १९८६ को दिल्लीको आन्दोलनमा १० महिला हरु सहित ९५ जनाको गिरफ्तारीले एकता समाजको यात्रा कति गर्विलो र ओजस्वी छ भन्नेकुरा छर्लङ्ग पारिदिएकै थियो । एकता समाज मात्र सामाजिक कार्यमा सिमीत रहेन र रहने छैन । वल्कि राष्ट्रिय मुक्ति आन्दोलनमा होमिने हजारौं नेता कार्यकर्ता उत्पादन गर्ने कारखानाकै रुपमा स्थापित हुँदै अगाडी बढदै आइरहेको छ ।
यो गर्विलो यात्रामा संगठनले कैयन दुरगामी निर्णय र आन्दोलनहरुमा भाग लिएको छ जस्मा प्रमुख रुपमा प्रवासी नेपालीहरुको मताधिकारको पहिलो ऐतिहासिक आवाज उठाउने आन्दोलन गर्ने तथा सफलता प्राप्त गर्ने श्रेय पनि मूल प्रवाहलाई नै छ । यसैगरि संघीयताको विरूद्वका आन्दोलन, राष्ट्रियता रक्षार्थ तथा भारतस्थित नेपालीहरुको सुरक्षाको विषयमा आवाज र आन्दोलनलाई पनि निरन्तरता दिंदै देशभित्रसम्म एकता समाजका सयौं कार्यकर्ताहरु पञ्चायती व्यवस्था विरुद्धका आन्दोलनहरु २०४६ को आन्दोलन, २०४८ को आम निर्वाचन बहिष्कारका लागि, २०६२/६३ को आन्दोलनहरु, गणतन्त्र संस्थागतका लागि संघर्ष, संविधान निर्माणका लागि संघर्ष, किसान मार्चहरु, संघीयता विरोधी आन्दोलनहरु, संविधान सभाका आन्दोलन र निर्वाचन, संसदीय, तथा स्थानिय, प्रदेश सभा , राष्ट्रीय सभा लगाएतका निर्वाचनहरुमा समेत प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको छ ।
यसरी देशभित्र राष्ट्रीयताको सवालमा सहित प्रवासस्थित नेपालीहरुको हकहितको संरक्षणका लागि निश्पक्ष, सक्रियता र आत्मविश्वासी कार्यहरुले मूलप्रवाह एकता समाज भारत स्थित नेपालीहरुको सवैभन्दा अव्वल दर्जाको संगठन र सवैभन्दा अनुशासित, सहयोगी र विश्वासनिय संस्थाको रुपमा स्थापित भइसकेको छ ।
उपरोक्त सारगर्भित पृष्ठभूमि वोकेको मूल प्रवाहले साम्राज्यवाद, विस्तारवाद विरुद्धको संघर्षमा पनि गर्विलो पाइलाहरु वढाइरहेको पाइन्छ । जस्ले गर्दा आज भारत (प्रवास) मा मूल प्रवाह एकता समाज आम नेपालीहरुको हक, हित, न्याय र अधिकारको लागि संघर्ष गर्ने जिवीत आशा र प्रेरणाको श्रोत वनिरहेको छ ।
मूल प्रवाहको यसप्रकारको साहसिक गौरवशाली यात्रामा कैयनपटक फुटपरस्त तत्वहरुले आक्रमण गर्ने असफल प्रयास गरिरहेता पनि एकता समाजको सुदृढ सांगठनिक ढाँचा, कार्यक्रताहरुमा रहेको जुझारू पन, अनुशासित र एकत्रित कार्यशैलीले त्यसप्रकारका तत्वहरु स्वयं नांगिएको इतिहासलाई हेर्दा वाहिरी तत्वहरुले त्यसप्रकारका आक्रमण गर्ने दुष्प्रयास भने गरेका छैनन् । तै पनि एकता समाजका कार्यकर्ताहरुमा संभावित सबैप्रकारका खतराहरुसँग निर्भिकता एंव कुशलतापूर्वक संघर्ष गर्नसक्ने क्षमता को पनि विकास भैसकेको छ र त्यी सवै परिस्थिति संग संघर्ष गर्न तैयार छन् ।
अब भने हामीहरुले मूल प्रवाहका ओजस्वी उपलब्धी तथा जनताको न्यानो मायावबट प्रेरणा लिदै अझै उच्च र घनिभुत रूपमा काम गर्ने, हरेक प्रकारका अन्याय, अत्याचार, शोषण, दमनका विरुदद्ध न्यायको हुंकार भर्न पनि सक्नुपर्दछ । त्यसको लागि नयापिडीमा आत्मविश्वास जगाउन पनि जरुरी हुनेछ । आत्मविश्वास कोइ जादुको छडी या आकाशिय अलौकिक पिण्ड त होइन तर चमत्कारिक वस्तु जस्तै होङगे । यसप्रकार को चमत्कारिक वस्तु जस्ले मानव जीवनको कठिन र संघर्षरत जीवनलाई स्वणिम वनाइदिन्छ । मरिसकेका आशा, विश्वास र कामकर्तव्यका आकुराहरुमा मानौ अमृत वर्षा नै गरिदिएको हुन्छ । र मानव समाजमा भयको शोषण दमन अन्याय अत्याचार लाई समाप्त पारेर (आमुल परिवर्तन गरेर) सिगों.देश र समाजलाई नयाँ रुप र सृजनशिल विचार दिनेछ । त्यो स्वणिम संसार निर्माण गर्न विदेशमा पलाएन भएका लाखौंलाख नयाँ पिडीलाई स्वदेश मै स्वरोजगार, व्यापार, पेशा आदिको लागि तैयार गर्ने वाताबरण बनाउने र दक्ष जनशक्तीलाइ देश भित्रै स्थापित गराउने काममा प्रवासी नेपालीहरुलाई अझै वढि संगठित, अनुशासित र दक्ष बनाउन जरुरी हुनेछ ।
अन्तत यो सामाजिक संरचनाको अन्य विना त्यसप्रकारको व्ववस्था केवल परिकल्पना मात्र हुनेहुदा व्यवस्था परिवर्तनको ज्ञान जनजनमा पुराउन अती आवश्यक छ ।