चंंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत चंंडिगढ नगर समिति द्वारा संचालित ४ वटै एरियाहरुमा समाजको ४० औं स्थापना दिवश तथा २०१८ को जनवादी भैलो उद्घाटन भव्य र शानदार रुपमा सम्पन्न भएका छन् ।
महान आक्टोवर क्रांति सम्पन्नताको दिन अर्थात ७ नोबेम्वरको भारतस्थित नेपालीहरुको छाता संगठन मूल प्रवाहको ४० औं स्थापना दिवश तथा २०१८ सालको जनवादी भैलोको उदघाटन भारतव्यापी रुपमा भइरहेको परिपे्रक्षमा चंंडिगढमा पनि यसप्रकारको कार्यक्रम सम्पन्न भएको हो ।
इन्डस्ट्रीयल एरिया,
एरिया सचिव थानेश्वर पान्डेको सञ्चालन तथा कोषाध्यक्ष सिमा खडकाको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पछि सरस्वता भुसालले स्वागत मन्तव्य दिनुभयको थियो ।
केन्द्रीय सदस्य दिनेश खडकाद्वारा करतार ध्वनिमा उद्घाटन गरिएको समारोहमा शुभकामना दिने वक्ताहरुमा सुदुरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा नेपाली समाचार सम्वाददाता खिमराज चालिसे, समाता विभागका वीनु नेपाली, सुदुरपश्चिमोत्तर महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, मूल प्रवाह नगरका लक्ष्मण पाण्डे, महिला विभागकि लक्ष्मी अधिकारी, विध्यार्थी क्षेत्रीय सदस्य सुरज चालिसे लगायत हुनुहुन्थ्यो ।
सिटी एरियामा
त्यस्तै तेजबहादुर रोकाको संचालन तथा एरिया अध्यक्ष दुर्गा विकको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पछि प्रितम खडकाले स्वागत गर्नुभएको थियो ।
नगर अध्यक्ष मानबहादुर केसीद्वारा भैलो उद्घाटन गरिएको समारोहमा जनजातिका जीतेन्द्र गुरुङ, मूल प्रवाह नगर समितिका लालु केसी, समाता विभागका दिनेश विक, महिला विभागकि जमुना खडका, रक्तिमका पुजा गुरुङ, विद्यार्थी सम्झना विकले मन्तव्य दिनुभएको थियो ।
मोहाली तथा मध्य सिटी
विष्णु वेल्वासेको सञ्चालन तथा गोकुल शर्माको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पछि शुरेश विकले स्वागत मतव्य दिनु भएको थियो ।
नगर कोषाध्यक्ष थमन थापाद्वारा उद्घाटन गरिएको सो समारोहमा विद्यार्थी विभागका सचिव नारायण आचार्य, मूल प्रवाह नगर समितिका रोमबहादुर विक, समाताका लिला विक, महिला विभागकि जमुना खनाल, विध्यार्थी सिता विक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
पंचकूला एरियामा
यहाँ सुरेश आचार्यको नेतृत्वमा भैलो खेलिएको छ । जहा केन्द्रीय सल्लाहकार तिलक पौड्याल, सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य, मूल प्रवाह नगरका पुरन थापा, महिला क्षेत्रीय सदस्य माया आचार्य लगायतको उपस्थिति र सक्रियतामा भैलो खेलिएको छ ।