मूल प्रवाहको संगठन विस्तार

0
200

रोपड, ३ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्वारा संचालित घनौली टोल समितिको वार्षिक भेला भव्यताका साथ सम्पन्न गरिएको छ । दिपक सुनुवारको सञ्चालन तथा खुमबहादुर वैद्बावारको अध्यक्षतामा सम्पन्न भैलामा अतिथि आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पश्चात भिमब गुरुङले स्वागत गर्नुभएको थियो ।

सो भेलामा मूल प्रवाहको महत्व तथा दायीत्व, भारत स्थित नेपालीहरुका समसामायिक समस्याहरुबारे व्यापक चर्चा पश्चात १३ सदस्यीय घनौली टोल समिति गठन गरिएको छ । जसमा: अध्यक्ष– खूमबहादुर वैद्धावार, सचिव– दिपक सुनुवार, कोषाध्यक्ष– भिमबहादुर गुरुङ रहेका छन् त्यस्तै सदस्यहरुमा: टेकबहादुर लुङ्गेली, चन्दन, जितेन्द्र, दिलीप, खिलबहादुर राना, जुनमाया गुरुङ, निर्मला लुङ्गेली, अन्जु सुनुवार र रेखा रहनु भएको छ । नयाँ समितिलाई नगर अध्यक्ष मनिराम सापकोटा तथा सचिव विष्णु गुरुङले वधाइ दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here