मूल प्रवाहको गतिविधि

0
311

रोहतक,
यहाँ एकता समाजको नगर समिति अन्तर्गत राम गोपाल कालोनीमा समाजका क्षेत्र एवं क्षेत्रीय सदस्य मोहनसिंह विकको पहल तथा बिषेश उपस्थितिमा महिला टोल समिति गठन गरिएको छ । जसमा : अध्यक्ष– पुनम भट्ट, सचिव– सुनीता गिरी, कोषाध्क्षय– शुशीला गुरुङ त्यस्तै सदस्यमा भिमी नेपाली, कल्पना नेपाली, भावना नेपाली, सरीता गौरी, मन्जु थापा रहेका छन् ।

त्यस्तै सोही नगर समिति अन्तर्गत हिसार रोड एरियामा नेपालीहरु बिच धर्म सुनार र मंगल विकको पहल क्षेत्रीय समिति सदस्य एवं नगर अध्यक्ष रेशम विक को बिषेश उपस्थिति र बल बहादुर विकको अध्यक्षतामा भेला सम्पन्न गरिएको छ । उक्त भेलामा नगर धर्म सुनारको अध्यक्षतामा एरिया समिति पुनरगठन गरिएको छ । जसमा: सचिव– गणेश विक, कोषाध्यक्ष– मंगल विक रहेका छन् । त्यस्तै सदस्यमा: अमर विक, सिता सुनार, अमृता विक, गोपाल ऐरी, बैकल्पिक सदस्यमा: कमल थापा र रणसिंह विक रहेका छन् । त्यस्तै भेलाले गोबिन्द विक, लक्ष्मण विक, मन्जु विक, बलबहादुर विक, चन्दा ऐरी किशोर साउँद र दिपक विक रहेका छन् ।

नयाँ दिल्ली,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समितिद्वारा सञ्चालित मध्य दिल्ली एरिया समिति अन्तर्गत रमेश नगरमा गुरुग्राम पुर्वी एरिया सहसचिव दिल बहादुर बिकको पहल कदमी एवं क्षेत्रीय सल्लाहकार कमल रायमाझी तथा मध्य दिल्ली एरिया सदस्य राम बहादुर थापाको विशेष उपस्थितमा १३ मार्च २०१८ मा भेला सम्पन्न भएको छ । भेलाद्वारा भुवन आलेको अध्यक्षतामा पाँच सदस्यीय रमेश नगर टोल समिति गठन गरिएको छ । जसमा सचिव– सुरज कुमार, कोषाध्यक्ष– विष्णु सुनार, सदस्यहरुमा कृष्ण बिक, सुरज सुनार, सुदिप परियार र राजु विक रहेका छन् ।

त्यस्तै सोही नगर समितिद्वारा सञ्चालित दिल्ली एरिया समिति अन्तर्गत द्वारीका सेक्टर १७ मा गुरुग्राम पुर्वी एरिया सहसचिव दिल बहादुर बिकको पहल कदमी एवं क्षेत्रीय सल्लाहकार कमल रायमाझीको विशेष उपस्थितमा भेला सम्पन्न भएको छ । भेलाद्वारा टीका राम सुनारको अध्यक्षतामा पाँच सदस्यीय द्वारिका सेक्टर १७ टोल समिति गठन गरिएको छ । जस्मा सचिव– हिरा सुनार, कोषाध्यक्ष– विजय बिक, सदस्यहरुमा किसन सुनार र देव बहादुर सुनार रहेका छन् ।

चंडिगढ,
मूल प्रवाह अ.भा.ने.ए.स.चंडिगढ नगर समितिद्धारर संचालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत सेक्टर २८सी चंडिगढमा महिला क्षेत्रीय विभागकी सचिव जुना चालीसे तथा इन्डस्ट्रियल एरिया सदस्य सिमा खडका तथा सरस्वता भुसालको पहलमा एंव नगर सचिव खिमराज चालिसे, एरिया सदस्य लक्ष्मी अधिकारी र विष्णु अर्यालको विषेश उपस्थितिमा आयोजित भेलाले विभिन्न राजनैतिक एंव संगठानिक विषयमा व्यापक छलफल पछि ५ सदस्यिय टोल समिति गठन गरिएको । जस्मा: अध्यक्ष– तारा ज्ञावली, सचिव– विष्णु अर्याल, कोषाध्यक्ष– सुनिता देवी र सदस्यहरुमा देउमती वुढाथोकी र गोमा जिसी रहेका छन् ।

भोपाल,
यहाँ एकता समाजको नगर समिति अन्तर्गत अरेरा कालोनीमा टोल भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य ताल बहादुर खड्का र क्षेत्रीय सदस्य लक्ष्मी रोकाको विशेष उपस्थिति तथा महिला नगर बिभागकी अध्यक्ष प्रेमा शर्माको पहलकदमीमा सम्पन्न भेलाले प्रियंका केसीको अध्यक्षतामा अरेरा कालोनी टोल समिति गठन गरेको छ । जसमा: सचिव– गोमा खत्री, कोषाध्यक्ष– श्रीमाया खम्चाकी, त्यस्तै सदस्यहरुमा: उमा पाण्डे, उमा सोनी, माया अधिकारी, लिला रोका, हिमा रेस्मी, शुसिला रोका, पुजा थापा, वेलीमाया गाहा, बसन्ती खम्चाकी, शान्ति थापा र रिता केसी रहेका छन् ।

जयपुर,
यहाँ समाजको उत्तर नगर समितिद्वारा सञ्चालित हसनपुर एरिया समिति अन्तर्गत भैरव नगरमा टोल समिति गठन गरिएको छ । केन्द्रीय सदस्य नारायण शर्मा, जयपुर उत्तर नगरका उपाध्यक्ष मंगलसिंह खडकाको विशेष उपस्थिति तथा थमन घर्ती मगरको पहलमा सम्पन्न भेलाले थमन घर्तीको अध्यक्षतामा टोल समिति गठन गरिएको छ । जसमा: सचिव– ओम घर्ती मगर, कोषाध्यक्ष– टिकाराम कंडेल, सदस्यहरुमा: चेतन घर्ती मगर र उत्तम घर्ती मगर रहेका छन् ।

बिदाई कार्यक्रम सम्पन्न

एकता समाज रोहतक नगर समिति एवं महिला नगर बिभागको आयोजनामा सम्पन्न १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समारोहका अवसरमा केन्द्रीय सदस्य तथा महिला केन्द्रीय विभागकी संयोजक तारा जिसी र क्षेत्रीय अध्यक्ष नारायण जिसीलाई विदाई गरिएको छ । वहाँहरु सदाको लागि स्वदेश फर्किनुभएकोले विदाई गरिको हो ।

एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले वहाँहरुलाई दोसल्ला ओढाएर सम्मान प्रदान गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नगर बिभागकी संयोजक मन्जु बेलवासेले र सञ्चालन नगर बिभागकी उषा विकले गरेकी थिइन् । कार्यक्रममा सहभागिहरुलाई सिता परीयारले स्वागत गरिन् ।

कार्यक्रममा क्षेत्रीय सदस्य रेशम विक, मोहनसिंह विक, नगर सचिव बलबहादुर विक, जनजाति बिभागबाट खेम बहादुर कुमाल, महिला बिभागबाट देवी पौडेल, समता बिभाग बाट मंगल विकले मन्तव्य दिएका थिए । त्यस्तै एरिया समितिहरुबाट संतराम विक, गणेश विक, टाम बहादुर परियार, धर्म सुनार लगायतले विदाई मन्तव्य दिएका थिए ।

वाल संगठन गठन

उत्तर हैदराबाद । अखिल भारत नेपाली बाल संघ, सापुर नगर एरियामा बालबालिकाको बीचमा व्यापक छलफल चलाइ सापुर नगरमा वाल समिति गठन गरिएको छ ।

मूल प्रवाहका नगर सदस्य मोहन लाल शर्माको पहलमा आयोजित उक्त बाल भेलामा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, कोषाध्यक्ष मनोहर पौडेल, नगर सदस्य धन बहादुर थापा र लाल बहादुर थापाको उपस्थिति रहेको थियो । उक्त बाल भेलामा बालबालिकाहरुले अनुसाशनको बारे, नेपाल र नेपालीको चिनारी बारे, नेपालका ऐतिहासिक महत्वका बारे जानकारी गराइएको थियो ।

उक्त भेलाले राहुल शर्माको सम्योजत्वमा एक स्थान रिक्त सहित ११ सदस्यीय सापुर नगर बाल संघको निर्माण गरिएको छ । सदस्यहरुमा: हिमाल पौडेल, किरण थापा, सँगर पौडेल, सुनिता थापा, बिक्रम पौडेल, नवीन थापा, बिनिता पौडेल र करिश्मा थापा रहेका छन् ।

जनतालाई सहयोग,

यहाँ एकता समाजको उत्तर हैदराबाद नगर समितिद्वारा संचालित जुब्लिहिल्स एरिया समितिले कञ्चन गाउँपालिका ५ रुपन्देही निवासी दिपक थापाकी ३५ बर्षिय श्रीमती कल्पना थापा दुबै मृगौला रोगको पीडित भएको र आर्थिक सहयोगका लागि जुब्लिहिल्स एरियामा निवेदन आयपछी पशुपती शर्मा, रामप्रसाद अधिकारी र कर्ण बहादुरको पहलकदमी एवं जुब्लिहिल्स एरियाका सम्पुर्ण कार्यकर्ताहरुको सक्रियतामा मृगौला पीडित कल्पना थापाको उपचारार्थ २४७०१ (चौबिस हजार सात सय बिस रुपैयाँ) चन्दा संकलन गरि हस्तान्तरण गरिएको छ ।

चेन्नई,
त्यस्तै झिमरूक गाउँपालिका १ बेताने, प्युठान निवासी टेक प्रसाद उपाध्यायका कान्छा छोरा तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य लेखनाथ रेग्मीको १४ मार्चका दिन निधन भएको छ । उनी ४८ बर्षका थिए । चेन्नई स्थित टण्डयारपेटको थंगमालीगाइ विवाह हलमा कार्यरत उनको डिउटीको दौरान करिव ३ बजे बिल्डीङको तेस्रो मंजिललबाट खसेर श्री हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

घटनाको जानकारी प्राप्त पश्चात एकता समाजका केन्द्रीय सदस्य महेन्द्र बस्यालको नेतृत्वमा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर विक, चेन्नई पूर्व नगर समितिका सचिव केटीप्रसाद पोख्रेल, चेन्नई उत्तर नगर सदस्य रमेश बिसी र सदस्य राजप्रसाद भट्टराई सहितको प्रतिनिधि मण्डल घटना स्थलमा पुगेको थियो ।

प्रतिनिधि मण्डलले पुलिस प्रशासन र मालिकसँग क्षतिपूर्तिको मागको लागि लामो कसरत पछि मालिकको तर्फबाट मृतकका परिवारलाई रू. ५ लाख भारू र दाहसंकार खर्च छुट्टै दिने भएका छन् ।

मृतक लेखनाथ रेग्मीको पार्थिव शरिरलाइ हिन्दु संस्कार अनुसार १६ मार्चका दिन एकता समाजका कार्यकर्ता र आफन्तजनको उपस्थितमा दाहसंकार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here