मूल प्रवाहको केन्द्रीय समितिको प्रतिनिधि मण्डल दूतावास पुग्यो

0
412

नयाँ दिल्ली । ३१ जनवरी २०१८ मा भारत स्थित नेपालीहरुले भारतमा भोग्नु परेका विभिन्न समस्याहरु जुन कुटनैतिक स्तरबाट पनि समाधान गर्न सकिन्छ, ति समस्याहरुका बारेमा ध्यानाकर्षण गराउन दिल्लीस्थित नेपाली दूतावासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फबाट प्रतिनिधि मण्डल गई ध्यानाकर्षण गराएको छ । पूर्व सांसद हरि आचार्यको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा अध्यक्ष दुर्गाबहादुर केसी, उपाध्यक्ष कपिल खनाल, महासचिव खगेश्वर शर्मा, सचिव ठाकुर खनाल, पूर्वसदस्य ओविराम जिएम, नेपाली समाचारका सहसम्पादक धनवीर पुन मगर हुनुहुन्थ्यो ।

दुबै देशका कुटनैतिक प्रतिनिधि मण्डलका बिच भएको छलफल अनुसार आधार कार्डको प्रावाधानले नेपालीहरुलाई भारतमा परेका विभिन्न समास्या बारेमा छलफल भएको र केही सयपछि यस बारेमा ठोस निर्णय हुने आश्वासन कार्यवाहक राजदूत भरत कुमार रेग्मीले प्रतिनिधि मण्डलसँग कुराकानीको दौरानमा बताउनु भयो । वहाँले अगाडि भन्नु भयो– ‘नेपाली सिटीजन उल्लेख रहेको आधारकार्ड जारी गर्न भारत सरकार समक्ष प्रस्ताव पठाउन पहल गर्दैछौं ।’

रामेश्वर मन्दिरको समस्याका बारेमा प्रतिनिधि मण्डलले अवगत गराएको थियो । सो धर्म शालाको स्वामित्व खोजी गर्नु पर्ने र आफ्नो स्तरबाट पहल गर्ने आश्वासन दिइएको थियो । धर्मशालाको स्वामित्व लगायत अन्य कागजातहरु दूतावासलाई उपलब्ध गराउने प्रतिनिधि मण्डले जिम्मा लिएको छ ।

नेपालीहरुद्वारा सञ्चालित बसहरुलाई स्थानीय सुरक्षाकर्मीहरुले अनेक निहुँपारी गैरकानुनी रुपले पैसा अशुली गर्ने र अनावश्यक रुपले सताउने, बसभित्र पसि यात्रुहरुसँग समेत पैसा अशुली गर्ने कार्य भइरहेकोले उल्लेखित समस्याहरु समाधानार्थ प्रतिनिधि मण्डले दूतावासको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै बस व्यवसायीहरुबाट पनि यात्रुहरुसँग अनावश्यक बढि भाडा, ओभर लोड, निश्चित गन्तव्य स्थानमा नपुर्‍याउने, कहिले काहीँ दूर्घटना परिहाले सञ्चालकहरु घटनास्थलमा तत्काल उपस्थित नहुने लगायका अन्य विकृतीको कारणले पनि यात्रुहरुले समस्या भोगिरहेका छन् । यस सम्बन्धमा भारतबाट सञ्चालित नेपाली वस व्यवसायीहरुको एक भेला बोलाई माथि उल्लेखित समस्या समाधानको पहल गर्न दूतावासलाई अनुरोध गरिएको छ ।

नेपालीहरुद्वारा भारतमा सञ्चालन गरिएका उद्योग व्यवसायीहरुलाई अनेकप्रकारका कानुनी अडचनहरु परिरहेले त्यो समस्या समाधानार्थ दूतावासमार्फत नेपाली व्यवसायीहरुको हकहितको सम्रक्षण गर्नको लागि एक भेला आयोजना गरि छलफल चलाउन पनि माग गरियो ।

त्यस्तै कैयन नेपाली महिलाहरु भारतका व्यश्यालय तथा बाहिर पनि विक्रि भएका घटनाहरु हाल आएर तित्र रुपमा बढ्दै गएकोले त्यसलाई नियन्त्रण गर्न पनि प्रतिनिधि मण्डलले दूतावासको ध्यानाकर्षण गराएको छ ।

नेपालमा नयाँ बन्ने सरकार गठन भएपछि भारतस्थित नेपालीहरुका समस्या समाधानार्थ एक प्रतिनिधि मण्डल काठमाडौं पुगी नेपालका प्रधानमन्त्री समक्ष माग पत्र सहित वार्ता गर्ने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here