रोपड, ७ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले मूल प्रवाहको इतिहास वर्गीय आन्दोलनको कडि भएको बताउनु भएको छ । सोपकोटाले रोपड नगर समितिको आयोजनामा मूल प्रवाहको ४० औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै सो धारणा राख्नु भएको हो ।
“श्रमजिवी वर्गको पक्षमा निरन्तर संघर्षरत मूल प्रवाहको इतिहासलाई वर्गीय आन्दोलनको कडिको रुपमा लिनु पर्ने आवश्यकछ ।” सापकोटाले भन्नु भयो– भारत प्रवासमा नेपाली श्रमिकहरुको पक्षमा संघर्षरत संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो विधानमा उल्लेख भए अनुसार नै काम गर्दै आएको छ । कम्यूनिष्ट आन्दोलनद्वारा निर्देशित नीति तथा कार्यक्रमलाई वर्गीय आन्दोलनको रुपमा आम जनजनसम्म पुर्याएको छ ।”
नगर अध्यक्ष मनि राम सापकोटाको अध्यक्षता र लाल बहादुर थापाको सञ्चालनमा अगाडि बढेको सो स्थापना दिवस समारोहमा उपस्थित जनसमुदाय बीच प्रमुख अतिथिको आसनबाट सभालाई सम्वोधन गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले आफ्नो सारगर्भीत मन्तव्य दिनुभएको थियो ।
त्यस्तै सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य छबिलाल सापकोटा, जनजाति विभागका बिलबहादुर गुरुङ, सुदुर पश्चिमोत्तर महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा, सदस्यहर खगी थापा, मंजु थापा, लक्ष्मी गुरुङ, मदन थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।