श्रीधर शर्मा
वापी, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय अन्तर्गत वापी पश्चिम, वापी पूर्व, दमन, सिलवासा र सरिगाम नगर समितिको संयुक्त आयोजनामा आगामी मार्च ४ मा भारतको वापीमा एमसीसीका विरुद्ध सभा हुने भएको छ । हाल विभिन्न एरियामा त्यसको तयारी भैरहेको मूलप्रवाहले जनाएको छ ।
वापी, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय अन्तर्गत वापी पश्चिम, वापी पूर्व, दमन, सिलवासा र सरिगाम नगर समितिको संयुक्त आयोजनामा आगामी मार्च ४ मा भारतको वापीमा एमसीसीका विरुद्ध सभा हुने भएको छ । हाल विभिन्न एरियामा त्यसको तयारी भैरहेको मूलप्रवाहले जनाएको छ ।
यसैबिच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति वापी पूर्वद्वारा सञ्चालित भडकमोरा एरिया समितिको सातौं वार्षिक भेला सम्पन्न भएको छ ।
भेलाले चन्द्र विकको अध्यक्षतामा १९ पुर्ण, २ बैकल्पिक सदस्य र ४ सल्लाहकार गरि २५ सदस्यीय एरिया समिति चयन गरेको छ । जसमा स् उपाध्यक्ष–लालबहादुर गुरुङ, सचिव– श्याम विक, सहसचिव– नन्दजंग गुरुङ र कोषाध्यक्ष– खुसीमान विक रहनुभएको छ । त्यस्तै सदस्यमाः खेमराज विक, केश बहादुर विक, धनबहादुर विक, खड्क गुरुङ, जीवन रावल, रसबहादुर विक, ओमबहादुर विक, राजेन्द्र विक, अर्जुन विक, इन्द्र विक, प्रकाश विक, राजू सुनार, उत्तम गुरुङ, रामबहादुर विक, बैकल्पिक सदस्यः दिलबहादुर विक र राजन विक रहनुभएको छ । त्यस्तै सल्लाहकारमाः सुबास विक, बासु विक, खुमबहादुर विक र विकाश विकलाई चयन गरिएको छ ।
भेलामा प्रमुख अतिथिको आसनबाट केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले मन्तव्य दिनुभएको थियो । थापाले आगामी ४ मार्चका दिन वापीमा सम्पन्न हुन गैइरहेको सभामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु समेतलाई उपस्थित हुन आव्हान गर्नुभएको थियो । थापाले समाजको महत्व र कार्यकर्ताको अनुशाशन र जिम्मेवारी बारे समेत मन्तव्य दिनुभएको थियो । नव निर्बाचित समितिलाई सफलताको शुभकामना तथा बधाई दिनुभएको थियो ।
त्यस्तै क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर कार्कीले कतिपय व्यक्तिहरुले आफूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यकर्ता बताएर भ्रम छर्दै हिंडेका हुनाले त्यस प्रकारका भ्रमबाट समेत सचेत हुन मूल प्रवाहका समर्थक तथा शुभचिन्तकहरु आग्रह गर्नु भयो ।
भेलामा क्षेत्रीय समितिमा कोषाध्यक्ष तथा केन्द्रीय समतिका सल्लाहकार श्रीधर शर्मा र वापी पुर्ब नगर अध्यक्ष भुवन सिंह धामीले पनि आतित्थ्यता ग्रहण गर्नुभएको थियो । चन्द्र विकको अध्यक्षता, लालबहादुर गुरुङको सञ्चालनमा सम्पन्न भेलामा खुसीमान विकले स्वागत गर्नुभएको थियो ।