“मुत्थुट फाइनेन्स” ब्रान्ड विश्वको शिखर सगरमाथामा

0
205

भरत पौंडल, नयाँ दिल्ली ।
भारतमा नगद पूंजीको आवश्यकता परेको खंडमा सुन धरौटी राखी नगद ऋण उपलब्धता गराउने नम्बर १ विश्वसनीय वित्तीय ब्राण्डका (गोल्ड फाइनान्सिंग) रुपमा चिनिएको छ मुत्थुट फाइनान्स कंपनी । विश्वभरि करिब पच्चीस हजार भन्दा बढीलाई रोजगार दिएको मुत्थुट फाइनान्स संस्थाले लगभग विश्व भरी आफ्नो नेटवर्क विस्तार गरेको छ । मुत्थुट ग्रुपले आफ्ना ग्राहक सुविधाका लागि विभिन्न किसिमका सेवाहरु उपलब्ध गरएको छ । गोल्ड लोन, मनी ट्रांसफर, विदेशी मुद्रा, हाउसिंग फाइनान्स, बिमा, एटीएम, म्युचुअल फंड जस्ता ग्राहक सुविधा रहेका छन् ।

करिब तिन वर्ष पहिला मुत्थुट फाइनान्स (रेमिट्यान्स विभाग) भारतमा नेपालका लागि कन्ट्री प्रमुखको कार्यभार लिएका अनिल कार्कीले छोटो समयमा नै आफ्नो कार्यकुशलता प्रदर्शन गरेका छन् । अनिल कार्कीले मुत्थुट फाइनान्स ग्रुपलाई नेपाल लगायत विश्वमा कैयौं देशमा नयाँ आयाम दिनको निम्ति विश्वको सर्वोच्च शिखर सगरमाथा मुत्थुट ब्रान्डलाई स्पर्श गराउने सपना देखेका थिए । आफ्नो यो सपना पुरा गर्नका निम्ति कार्कीले विश्व प्रसिद्ध प्रवतारोही फिलीप जेम्स क्रेम्टनको नेतृत्वमा गएको टोली द्वारा सफलताका साथ मुत्थुट ग्रुपको ब्यानरलाई सगरमाथामाको शिखरबाट विश्वलाई देखाउन सफल भएक हुन् । कार्की द्वारा गरिएको यो कार्य मुत्थुट फाइनान्स ग्रुपका लागि ऐतिहासिक क्षण रहेको थियो ।

सुन व्यवसाय र सुन कर्जा (गोल्ड लोन) सम्बन्धित सेवा दिने क्रममा मुत्थुट फाइनान्स ग्रुप भारतीयको बिचमा छूटै पहिचान बनाउन सफल भएको छ । बिगत दस वर्षमा विश्व वैश्वीकरणको परिवर्तन संगै मुत्थुट ग्रुपले पनि आफ्नो व्यवसायलाई विस्तार गर्दै नेपालका निजी तथा राष्ट्रिय बैंकसँग सहकार्य गरि रेमिट्यान्स कारोबार सुचारू गरेको हो । मुत्थुट फाइनान्स प्रवासमा कार्यरत नेपालीहरूका लागि सुरक्षित, सजिलो र समयमा नै नेपाली पूँजीलाई नेपाल स्थित परिवारसम्म हस्तान्तरण गर्ने एक भरपर्दो साधनको रुपमा समेत परिचित भइरहेको छ ।

भारत प्रवासमा अनिल कार्कीको नेतृत्वमा कम्पनिले प्रवासी नेपाली संघ संस्थाहरुलाई सांस्कृतिक तथा सुचनामुलक कार्यक्रममा आफ्नो उपस्थितिका साथ वित्तीय सहयोग दिदै अएका छ । मुत्थुट फाइनान्स ग्रुपले प्रवासी नेपालीहरुमा जागरूकताका लागि विभिन्न किसिमका नेपाली कार्यक्रममा आफ्नो प्रायोजकको भूमिका निभाउँदै आएको छ । साथै अवैध तरिकाले गरिने आर्थिक कारोबार (हुण्डी) बापत नेपालीले भोग्नु पर्ने समस्याको जानकारी समेत दिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here