गुलरिया/ ‘मुक्त कमैयाको उचित व्यवस्थापन गर’ भन्ने नाराका साथ अखिल नेपाल जनजाति सम्मेलनले आईतबार देखि शुरू गरेको कन्चनपुर-दाङ अभियान बुधबार बर्दिया आईपुगेको छ ।
सम्मेलनले आजै मुक्त कमैयाको समस्या समाधानको माग गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछनेसमक्ष ज्ञापनपत्र बुझाएको छ सम्मेलनका केन्द्रिय महासचिव रामबहादुर बुढाले जानकारी दिनुभयो ।