मारेकोछ देशमा

0
182
सुरेशकुमार पान्डे

जातिय बिभेदले शन्तानलाई नारेकोछ देशमा,
तेसैले झन-झन गरिबी तिरनै झारेकोछ देशमा

नचिहिँदो बुजुर्वा सँस्कार ले छिया छिया पार्दै,
मान्छि भित्र मानवता पसुमा सारेकोछ देशमा।

बिडम्बना भनौ रगतको नाता भएर पनि हाम्रो,
प्राकृतिले दिएको पानि पनि बारेकोछ देशमा।

फ्याँक्नै नसक्नाले कुसँस्कार मनलाई बढारेर,
मान्छेको कित्ताबाटै मानावता हारेकोछ देशमा।

अचम्मैछ छुवाछुत ले आजपनि जरा गाड्नाले,
बिना कालमा आफ्नै संतानलै मारेकोछ देशमा।

जात उपजातकै श्रृँख्लाबद्ध राजनिति गहिरिँदा,
समाजभित्र बिखन्डनको गाँठो पारेकोछ देशमा।

बिभेदको पिडाले मन मष्तिकमै सबै जाति भित्र,
पुष्तौँ देखि नसोदे हुन्छ कति खारेकोछ देशमा।
३०-१०-२०१८,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here