माघी मेलाको अवसरमा विविध सांस्कृतिक कार्यक्रम एवं हस्तकला प्रदर्शनी

0
63

केशबराज क्षेत्री, बरेङ बाग्लुङ/

मनकामना युवा क्लब सिग्दिको माघीमेला जारी रहेको छ । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सिग्दी मा अवस्थित क्लबले  माघे सक्रान्तीको अवसर पारी मंगलबार बाट विविध सांस्कृतिक, सांगितिक एवम् खेलकुद तथा शैक्षिक कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार क्बले कृषि तथा हस्तकला प्रर्दशनी, हाजिरीजवाफ प्रतियोगिता र सालैजो तथा सोरठी प्रतियोगिता समापन गरिसकेको छ । बरेङ गाउँपालिकाको प्रायोजन र बिहानी बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेडको सह प्रायोजनामा कृषि प्रर्दशनी तर्फ टमाटर, काउली, बन्दा, तरुल, मुला, गाँजर, साग, सुन्तला, पशु तर्फ राँगा, बोका, खसी र हस्तकला तर्फ सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ठेकी मदानी, रिमोटबाट चल्ने ट्रक र स्काभेटर प्रदर्शन गरेका थिए ।

प्रर्दशनमा लिएका वस्तु अवलोकन गरी उत्कृष्टलाई पुरस्कार समेत वितरण गरेको छ ।  क्लबले प्राचिन संस्कृति तथा लोपन्मुख नृत्यको संरक्षण गर्ने मूख्य उद्देश्यका साथ सामुहिक सालैजो तथा सोरठी नृत्य को आयोजना गरिएको क्लबका अध्यक्ष मोहन पुनले बताए ।

११ टिमको सहभागिता रहेको सोरठी, सालैजो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय समुहले क्रमशः १२ हजार,८ हजार,४ हजार नगद प्राप्त गर्नेछन् ।

आज  राष्ट्रिय स्तरका कलाकार टिका पुन, तेजस रेग्मी, उमादेवी खनाल, उदय पुन र भोली जुना श्रीस, विक्रम परयार, अमृता नेपालीको विशेष सांगितिक प्रस्तुति रहने छ भने  हास्यकलाकार यादव देवकोटा सरापेको हास्य प्रहसन दुई नै हुने आयोजकले जनाएको छ । त्यस्तै पुरुष भलिबल र व्याडमिन्टन प्रतियोगिताको फाइनल खेल पनि हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here