माओत्सेतुङका सुशासनसम्बन्धी तीन नियम र ध्यानदिनु पर्ने आठ कुरा

0
159

सर्वहारा वर्गका महान नेता माओत्सेतुङको जन्म आजभन्दा १२६ वर्ष पहिले (२६ डिसेम्बर १८९३) आजकै दिन चीनको हुनान प्रान्तको साओ साङचुङमा भन्ने गाउँमा भएको थियो।

माओत्सेतुङले माक्सवाद, लेनिनवादलाई चिनमा सिर्जनात्मक प्रयोग गरे । उनले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको चिनीयाँ समाजको ठोस बिश्लेषण गर्दै क्रान्तिको रणनीति र कार्यनीतिको निर्माण गरे । उनले समाजको वर्गविश्लेषण, ग्रामीण वर्गसङ्घर्षको सिद्धान्त र दीर्घकालीन ससस्त्र संघर्षको यात्रा तय गर्दै चिनियाँ क्रान्तिको नेतृत्व मात्र गरेनन् त्यसलाई सफलताको चुलीमा पुर्याए । जुन चीनको नयाँ जनवादी क्रान्तिकोरुपमा स्थापित छ ।

नयाँ जनवादी क्रान्तिको समयमा माओत्सेतुङले आफ्ना नेताकार्यकर्तालाई अनुशासनका तीन नियम र आठ ध्यानदिनुपर्ने कुरा अघि सारेका थिए। माओत्सेतुङले अघि सारेका अनुशासन सम्बन्धी तीन नियम र आठ ध्यान दिने कुरा यस्ता छन् ।

अनुशासन सम्बन्धी तीन नियम :

  • आफ्ना सबै काममा आदेशहरुको पालन गर ।
  • जनताबाट सित्तैमा एउटा सियो र धागोको टुक्रा पनि नलेऊ ।
  • कब्जा गरेको प्रत्येक कुरा संगठनलाई बुझाऊ ।

ध्यान दिनुपर्ने आठ कुरा :

  • नम्र भएर बोल ।
  • आफूलेकिनेका मालको सुपथ मोल तिर ।
  • आफूले पैंचो लिएको प्रत्येक कुरा फर्काऊ ।
  • आफूले बिगारेको जुनसुकै कुराको पनि मोल तिर ।
  • जनतालाई कुटपिट र हप्काउने नगर ।
  • बाली नबिगार ।
  • स्वास्नीमानिसहरुसँग छाडा व्यवहार नगर ।
  • बन्दीहरुसित नराम्रो व्यवहार नगर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here