महिला भलिबलतर्फ नेपाल फाइनलमा

1
100
काठमाडौं । महिला भलिबल तर्फ नेपाल साग इतिहासमै पहिलो पटक फाइनलमा प्रवेश गरेको  छ । घरेलु खेलमैदानमा  भैरहेको उक्त तेर्हौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो । नेपालले यसअघि साग इतिहासमा महिला भलिबलको फाइनलमा पुग्न सकेको थिएन ।
श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित कवर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५–१४ को जित निकालेको थियोे । त्यस्तै दोस्रो सेटमा २५–१८ को जित निकालेको नेपालले अन्तिम सेटमा मा २५–२१ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।  अब नेपालले फाइनलमा बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here