महासंघको प्रभातफेरीमा प्रगतिशील पत्रकार संघको ऐक्यवद्धता

0
55

काठमाडौं । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा काठमाडौंमा प्रभातफेरी गरेको छ । सो प्रभातफेरीमा प्रगतिशील पत्रकार संघ नेपालले ऐक्यवद्धता जनाउँदै सो प्रभातफेरीमा सहभागिता जनाएको छ ।

काठमाडौंको बबरमहलबाट सुरु भएको सो प्रभातफेरी नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सो कोण सभामा विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुले प्रेस स्वतन्त्रताको आन्दोलनबाट विचलित नहुने उदघोष गरे ।

 

कोणसभामा बोल्दै महासघंका अध्यक्ष गोविन्द आचार्यले सरकारले बनाएका कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति अंकुश लगाउने खतरा बढेको बताएका छन् । अध्यक्ष आचार्यले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्रति कसैसँग पनि सम्झौता नगर्ने बताएका हुन् ।
सो कोण सभामा प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माले लोकतन्त्रको आधारभुत मान्यतालाई कसैले हस्तक्षप गरेमा चुप लागेर नबस्ने बताए । अध्यक्ष शर्माले दुई तिहाईको दम्भमा सरकारले स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने दुष्प्रयास गरिरहेको बताए । उनले पत्रकारलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार विपरित सरकारले पत्रकारलाई अनेक बहानामा दुःख दिइरहेको आरोप लगाए । उनले श्रमजिवि पत्रकारहरुको पक्ष सरकार नलागेको पनि बताए ।

सो कोणसभामा प्रेस सोसाइटीका अध्यक्ष केशव आचार्य, क्रन्तिकारी पत्रकार महासंघका अध्यइा इन्द्र राउत, रिपोर्टर्स क्लवका अध्यक्ष ऋषी धमला लगायतले नेपालमा भइरहेका प्रेस स्वतन्त्रता हहनका घटना बढ्दै गएकाले एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here