काठमाडौँ । नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी–माओवादी) बीच संयुक्त वैठक सम्पन्न भएको छ । विश्वस्त सूत्रबाट प्राप्त जानकारी अनुसार २०७४ फागुन १४ गतेका दिन राजधानी काठमाडौामै नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी–माओवादी) बीच पार्टी एकता सम्बन्धी छलफलका लागि वैठक बसेको थियो ।
वैठकमा दुवै पार्टीहरुका बीचमा नयाा जनवादी क्रान्ति सम्बन्धी विषयमा मूलभूत रूपमा समान दृष्टिकोण भए पनि तात्कालिक कार्यदिशाबारे दुवै पक्षका बीचमा कैयौा मतभेदहरु भएको महशुस गरिएको बुझिएको छ । स्रोत भन्छ– “पार्टी एकता सम्बन्धी छलफललाई निरन्तरता दिदै सहमति भएका विषयहरुमा कार्यगत एकता गर्नेबारे दुवैका बीचमा समान धारणा रहेको थियो । त्यसलाई व्यावहारिक रूप दिन पछि छलफल गर्ने समझदारी वैठकमा भएको छ ।”
वैठकमा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह र नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन बैद्य किरणको उपस्थिति थियो ।