मसालद्वारा युवकसंघकाे खवरदारी अभियानलाई शुभकामना

0
67

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री माेहनविक्रम सिंहले मंगलबार एक वक्तव्य प्रकासित गर्दै अखिल नेपाल युवक संघले सञ्चालन गरेकाे भ्रष्टाचार र नागरिकता संशाेधन विधेयक विरुद्धकाे खबरदारी अभियानलाई शुभकामना दिनुभएकाे छ ।

युवाहरुकाे  महाकालीको कन्चनपुरबाट शूरु भएको उक्त अभियान रुपन्देही आइपुग्दा व्यापक जनसमर्थन प्राप्त भएको भन्दै  संघको उक्त कदमलाई सिंहले अभिनन्दन गर्नुभएको छ । महामन्त्री सिंहले देशमा व्याप्त भ्रष्टाचार एवं  सरकारको नागरिकता सम्बन्धि राष्ट्रघाती नीति समेतका विरुद्ध आन्दोलनलाई अरू उच्च र व्यापक रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनु भएकाे छ ।

महामन्त्री सिंहद्वारा जारी वक्तव्य-
“सरकारले अपनाएको उदार र राष्ट्रघाती नागरिकतासम्बन्धी नीतिका कारणले देशको राष्ट्रियतामा नै गम्भीर आँच पुगिरहेको छ । त्यसले गर्दा ठूलो सङ्ख्यामा विदेशी, खास गरी भारतीयहरू नेपालको नागरिक बन्दै जाने र त्यसरी देशमा नेपालीभन्दा विदेशीहरू बहुसङ्ख्यक बन्दै जाने स्थितिको सृजना हुँदै गइरहेको छ । त्यसको परिणाम स्वरूप नेपाल सिक्किम बन्ने गम्भीर खतरा समेत बढ्दै गइरहेको छ । त्यो अवस्थामा त्यसप्रकारको उदार र राष्ट्रघाती नागरिकतासम्बन्धी नीतिका विरुद्ध संघर्ष राष्ट्रिय आवश्यकता भएको छ । त्यसै गरेर देशमा बढ्दै गइरहेको भ्रष्टचार पनि एउटा गम्भीर समस्या भएको छ र त्यसका विरुद्ध पनि व्यापक राष्ट्रिय संघर्षको आवश्यकता छ ।

उक्त दुवै विषयहरूलाई लिएर अखिल नेपाल युवक संघले महेन्द्रनगरदेखि झापासम्म मोटरसाइकल मार्चको कार्यक्रम बनाएको छ । त्यस सिलसिलामा अहिलेसम्म देशका कैयौँ भागहरूमा सभा सहित विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै त्यो मार्च बुटवल आइपुगेको छ र बुटवलमा पनि कैयौँ कार्यक्रमहरू सम्पन्न भएका छन् । भोलीदेखि त्यो कार्यक्रम पूर्वतिर बढ्ने छ ।

युवक संघको उक्त कार्यक्रममा जनताको व्यापक समर्थन प्राप्त भएको छ । त्यसले देशमा सरकारको राष्ट्रघाती नागरिकता नीति र भ्रष्टाचार समेतका विरुद्ध जनतामा व्यापक असन्तोष र जनमत भएको कुरालाई बताउँछ । वास्तवमा उक्त विषयहरूमा आन्दोलनलाई अरू उच्च र व्यापक रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

वास्तवमा आज देश गम्भीर संकटको मुखबाट गुज्रीरहेको छ । गणतन्त्र, राष्ट्रिय र धर्मनिरपेक्षता विरुद्ध विभिन्न देशी वा विदेशी प्रतिगामी शक्तिहरूले चौतर्फी रूपमा हमला गरिरहेका छन् । त्यसका साथै संघीयता पनि देशका लागि एउटा गम्भीर खतरा बनेको छ । मजदुर, किसान, महिला, जनजाति, दलित आदिका समस्याहरू पनि गम्भीर बन्दै गइरहेका छन् र उनीहरू देशव्यापी रूपमा नै पीडित हुनु परिरहेको छ । विकास कुण्ठित हुँदै गइरहेको छ । उक्त सबै विषयहरूमा जनतालाई व्यापक रूपमा जागृत, संगठित र आन्दोलित गर्नुपर्ने आवश्यकता छ । ने.क.पा. (मसाल)ले उक्त सबै विषयहरूमा आन्दोलन संगठित गर्ने नीति अपनाएको छ र विभिन्न बैधानिक मोर्चा वा जनवर्गीय संगठनहरूले त्यो आन्दोलनलाई अगाडि बढाउन संगठित र योजनावद्ध प्रकारले पहलकदमी गरिरहेका छन् ।

अन्तमा युवक संघको मार्चलाई अभिनन्दन गर्दै त्यसको भव्य सफलताको कामना गर्दछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here