सुवाश संयम
खोइ किन आजकल मलाइ
सानो हुन मन लाग्छ
घरी झिल्को हुन मन लाग्छ
घरी फिलिङो हुन मन लाग्छ
लाग्छ क्रान्तिको आगो
दन्काउँ झैं लाग्छ ।
खोइ किन आजकल मलाइ
सानो हुन मन लाग्छ
घरी झिल्को हुन मन लाग्छ
घरी फिलिङो हुन मन लाग्छ
लाग्छ क्रान्तिको आगो
दन्काउँ झैं लाग्छ ।
खोइ किन आजकल मलाई
घरी अणु हुन मन लाग्छ
घरी प्रमाणु हुन मन लाग्छ
लाग्छ बम बनेर संसार
धोस्त बनाउँ झैं लाग्छ।
सोच्दै छुँ
मलाई आजकल यो के भै रहेछ?
म चक्करमा छुँ
आजकल मलाइ के ले पोलिरहेछ?
म अक्करमा छुँ
मेरो मुटु किन दुखिरहेछ?
म ऎठन परेको छुँ
यो के भै रहेछ?
मैले हेर्दा हेर्दै
एउटा अपराधीले
मेरि बहिनीलाई निबस्त्र पार्यो
बलात्कार गर्यो र निचोरेर मार्यो
तर एउटा पुलिसले
त्यही हत्यारा भगायो
र एउटा सिधासादालाई समायो
तर त्यो चटक
मेरो सरकारले हेरिरह्यो!
हो त्यही दिन देखि
खोइ किन मलाई
सानो हुन मन लाग्छ
घरी अणु हुन मन लाग्छ
घरी प्रमाणु हुन मन लाग्छ
लाग्छ बम बनेर संसार
धोस्त बनाउँ झै लाग्छ।
हो त्यही दिन देखि
मेरो गिदि पाकेको छ
जुन दिन मैले हेर्दा हेर्दै
एउटा व्यापारीले
कालो बजारी गर्यो र किसानलाई ठग्यो
मैले हेर्दा हेर्दै एउटा ठेकेदारले
पैसा कुम्लायो र भाग्यो
मैले हेर्दा हेर्दै
एउटा दलालले
गरिवको खुन चुस्यो र भाग्यो
तर यो सब चटक
मेरो सरकारले हेरिरह्यो!
हो त्यही दिन देखि
खोइ किन मलाइ
सानो हुन मन लाग्छ
घरी झिल्को हुन मन लाग्छ
घरी फिलिङो हुन मन लाग्छ
लाग्छ क्रान्तीको आगो
सल्काउझै लाग्छ
क्रान्तिको राँको
दन्काउँ झै लाग्छ।
हो त्यही दिन देखि मलाइ
सन्किन मन लागेको छ
जुन दिन मेरो देशको सिमा
सर्दै सर्दै आयो
मैले हेर्दा हेर्दै
मेरो देशको आकार
घट्दै घट्दै गयो
तर मेरो देशका नेताहरु चुपचाप रहे
बरु देशको सम्पत्ती
खानु खाए, हसुर्नु हसुरे
विमान किने- खाए
गाडी किने- खाए
सुन ल्याए- पाचाए
तर यो सब चटक
मेरो सरकारले हेरिरह्यो !
हो त्यही दिन देखि
खोइ किन मलाइ
घरी खुकुरी हुन मन लाग्छ
घरी छुरी हुन मन लाग्छ
त्यसरी मेरो देशको सिमाना
छोइ दिने मात्रको
घाँटिमै बसौँ झैँ लाग्छ
त्यसरी देश लुटिदिनेको
गर्धन नापौं झै लाग्छ
खोइ किन मलाइ आजकल
अणु हुन मन लाग्छ
घरी प्रमाणु हुन मन लाग्छ
लाग्छ बम बनेर संसार
धोस्त बनाउँ झै लाग्छ।