मन

0
327
  • सुमन थापा

सिमल को
भुवा जस्तै हलुँगो
भैदिन्छ कहिले
कहिले ढुङ्गा जस्तै कठोर ..
शब्द सब्द मै रोइदिन्छ
क्षण भरमै हाँसी दिन्छ
यो मन….

मन नै त हो
कसले बुझिदिन्छ र ?
मन को अनेक भाषाहरु
सागर जस्तै
गहिराईमा डुबिदिन्छ
थाहै नभई
पहाड जस्तै अग्लो
पनि त भैदिन्छ कहिले

कुनै आयतन नै हुदैन
त्यस्को उचाई नाप्ने ..
जहाँ छुन पनि पुगि दिन्छ
गगनमा बयेली खेल्दै
लहराउदै उड्दै
न त साधन चाहिन्छ
न त सारथि नै
उसलाई … ..
क्षण भरमै पुगिदिन्छ
क्षितिज पारी सम्म पनि
उफ !!
कस्तो हो यो मन ???

मायाको सागर अटाउने
घृणा को जहर फैलाउने
कोहि पराई सङ्ग पनि
आफ्नै बनी दिन्छ
कोहि आफ्नै
सङ्ग पनि पराई …

कहिले परेली मै
न अट्ने गरि बगि दिन्छ
कहिले रमाइदिन्छ
बालक झै चंचल बनी
कहिले आँखा बाटै
बोलिदिन्छ मनको भाषा
कहिले लजालु बनी दिन्छ
नौलो दुलही जस्तै ….

हो अचम्मको
हुने रहेछ यो मन
कहिले ब्रह्माण्ड
जतिकै फराकिलो
कहिले……….???

मन जस्तो भए पनि
मन जे भए पनि…
हिजो भन्दा आज
आज भन्दा भोलि
सबैको मनमा उमंग छावस्
सबैको मनमा खुसियाली आवस्
२०७५ बिजया दशमीको
सबैमा …
हार्दिक मंगलमय शुभकामना ।
हार्दिक मंगलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here