मजदुरहरु माथि भएको कुटपिटका विरुद्ध प्रदर्शन

0
2089
हिमाचल । गत ३१ जनवरीमा दुई नेपाली मजदुरहरुमाथि भएको कुटपिट तथा अभद्र व्यवहारका विरुद्ध मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन कार्यक्रममा मजदुर युनीयन सिटूले पनि सहभागिता जनाएको थियो । रामपुरको चौधरी अड्डाबाट वन विभागको मुख्य अरण्यपाल अनिल ठाकुरको कार्यालयसम्म प्रदर्शन गरिएको थियो ।
यस दौरान मजदुरहरुले वन विभागका कर्मचारीहरुका विरुद्ध भव्य नारा सहित प्रदर्शन गरेका थिए । हालसम्म नेपाली मजदुरहरुमाथि कुटपिट गर्ने वन विभागका कर्मचारहिरुलाई कार्यवाही नगरिएको प्रदर्शनकारीहरुले बताएका छन् । दोषीहरुलाई कडाभन्दा कडा कारवाहीको माग सरकार र स्थानीय प्रशासन समक्ष प्रदर्शनकारीहरुले राखेका छन् ।
जुलुस पश्चात सभालाई मूल प्रवाहका नगर उपाध्यक्ष सिताराम बुढाले सम्बोधन गरेका थिए । जबसम्म दोषी वन कर्मचारीहरुका विरुद्ध कारवाही गरिंदैन तबसम्म आन्दोलन जारी रहने बुढाले बताए ।
मूल प्रवाहका आरके राय अजय प्रताप, चिन्ता बहादुर पुन, विरेन्द्र झाँ, धनी राम, सुपारी देवी, मुन देवी लगायतले मन्तव्य दिएका थिए । मजदुरहरुमाथि कुटपीट गर्नेहरुलाई कारवाही हुनु पर्ने सम्पूर्ण वक्ताहरुले जोड दिएका थिए ।
सोही दिन मूल प्रवाहका प्रतिनिधि मण्डलले वन विभाग रामपुरका प्रमुख अरण्यपाललाई भेटगरी ज्ञापन पत्र समेत दिएका थिए । ज्ञापन पत्रमा नेपाली मजदुरहरुमाथि कुटपिट गर्ने तीन वन कर्मचारीहरुलाई छानविन गरि कडाभन्दा कडा कार्यवाही गर्नु पर्ने माग गरिएको छ ।
सीटूका विरेन्द्र झाँले सोही सभालाई सम्बोधन गर्दै– नेपाली मूलका मजदुरहरुमाथि भएको कुटपिटको घोर निंदा गर्दछौं । पिडीतहरुलाई साथ दिंदै मजदुर आन्दोलनमा निरन्तर सहभागी रहने छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here