सुमन थापा
धर्ममा
कर्ममा
रछ्यानमा
ओछ्यानमा
लिङ्गभेदमा
पाउँदैछु “म“
अक्षर चिन्दा पढिएको
“राम्रो म“
अहिले साँघुरो घेरा भित्र
खोज्दैछु “म“
कहिले धर्को तानेर
कहिले खुट्टा सिधा मिलाएर
आफुलाई ऐना अगाडि उभ्याएर
राम्रो देखिने लालसामा..
ओहो ..
भेटिन पुग्छु
उखुबारिमा
“म“
कानुनका ज्ञानले
सिपले, अनुसन्धान ले
जितको नजिक
पुगेको सुन्छु
तर…??
लिङ्गभेद्कै कारण
दोस्रो दर्जामा
राखिएकी “म“
तर एउटा मात्रै
पहिलो दर्जामा
गनिएकालाई सोधौ
मासिक श्राब नरोकि बनेको र
दुध नचुसी हुर्केको को छ?
किन किनिन्छन बेचिन्छन?
इज्जत सङ्ग हैन
इजार सङ्ग सम्बन्ध राख्छन
किन???
कहिले ममतामा
कहिले सम्बन्धमा
कहिले तिर्सनामा
कहिले भासिएका स्वरहरुमा
खोज्दै हिड्ने बा आमा
कैयौं प्रश्न अगाडी
उभिएका छन
चियाएर हेर्दैछु
लरखराएर हिड्दै गरेका
मेरा बा आमाका पाइलाहरु..
थुप्रै प्रश्न भित्र
न्यायको आशमा
खोज्दैछु
मेरो अस्तित्व
अनि म भित्रको “म“
अनि म भित्रको “म“