भ्रष्टाचारी विरुद्ध निर्ममतापूर्वक कार्वाही अघि बढिरहेको छ– परराष्ट्रमन्त्री ज्ञवाली

0
80

बार्सिलोना । नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदीप ज्ञवालीले भ्रष्टाचार विरुद्ध निर्ममतापूर्वक कार्वाही अघि बढिरहेको बताउनुभएको छ । गैर आवासीय नेपाली संघ स्पेनले बार्सिलोनामा आयोजित अन्तत्रक्रिया कार्यक्रमा बोल्दै उहाँले उक्त कुरा व्यक्त गर्नुभएको हो ।

मन्त्री ज्ञवालीले ललिता निवास जग्गा प्रकरणमा आजसम्म धेरैले लाभ लिएको उल्लेख गदै अव उनीहरुलाई सरकारले एक एक गर्दै कार्वाहीको दायरामा ल्याउने उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारी चाहे सत्ताभित्रका वा सत्ताबाहिरका जहाँका भएपनि नछोडिने बताउनुभयो । तर उक्त प्रकरणमा मुछिएका नेकपा महासचिव इश्वर पोखरेललाई दलालले फसाएको भनेर बचाउ गर्नुभयो ।

मन्त्री ज्ञवालीले अहिले जताततै नकारात्मकता बढी भएको भन्दै सरकारले गरेका राम्रा कामलाई सकारात्मकरुपमा प्रचारप्रसार गर्न समेत आग्रह गर्नुभयो । साथै उहाँले अहिले नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरुलाई ढुक्क भएर लगानी गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रमा स्पेन स्थित नेपाली राजदुत दावाफुटी शेर्पा र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले पनि मन्तव्य राख्नुभएको थियो । एनआएनए स्पेनका अध्यक्ष देउकाजी गुरुङले कार्यक्रमको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष उत्तर कुमार राईले स्वागत गर्नुभएको थियो भने संचालन महासचिव राज ढकालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here