भोपाल नगर समितिको ८ औं सम्मेलन सम्पन्न

0
394
भोपाल, २३–२४ जून । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य भारत अन्तर्गत भोपाल नगर समितिको आठौं नगर सम्मेलन सम्पन्न भएको छ । बिष्णु आर्यालको सञ्चालन तथा किमबहादुर कार्कीको अध्क्षयताबाट अगाडि बढेको सो सम्मेलनमा अतिथिहरुको आसनग्रहण पश्चात ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनट मौनधारण पश्चात राजकुमार बिक र रक्तिम कलाकारद्वारा स्वागत गरिएको थियो ।
          प्रमुख अतिथि महासचिव महासचिब खगेश्वर शर्माले आठौं नगर सम्मेलनको उद्धाटन गर्नुभएको थियो ।
       केन्द्रीय सदस्य ताल बहादुर खड्का, क्षेत्रीय अध्यक्ष केबी खड्का, क्षेत्रीय सदस्य लालबहादुर छेत्री, नील बहादुर जी एम, सुरेश पाण्डेय, सोनु थापा लगायतले सम्मेलन सफलताको शुभकामना मन्त्यव दिनु भएको थियो ।
          सम्मेलनको बन्दशत्रमा प्रगति प्रतिबेदन किम बहादुर कार्कीले र आर्थिक प्रतिबेदन पीताम्बर पुलामीले प्रस्तुत गर्नु भएको थियो । सम्मेलनले किम बहादुर कार्कीको अध्यक्षतामा १३ पूर्ण, २ वैकल्पिक र ३ सल्लाहकार गरि १९ सदस्यीय भोपाल नगर समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– अर्जुन जिएम, सचिव– विष्णु अर्याल, सहसचिव– दुर्गा प्रसाद शर्मा र कोषाध्यक्ष– पीताम्बर पुलामी रहेका छन् । त्यस्तै सदस्यमा: रमेश राना, विआर राना, भुपेन्द्र  शाहा, भूमिराम अधिकारी, राधा शर्मा, सोनु थापा, कमल जोशी, मनबहादुर विक, वैकल्पिक सदस्यमा: सन्तोष बस्नेत र राजबहादुर सिंह रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा: राजकुमार विक, पुरन थापा, हरिबहादुर थापा र कृष्ण पचभैयालाई चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय अध्यक्ष केवी खड्काले गर्नुभएको थियो ।
          त्यस्तै सम्मेलनको दौरानमा मिना रानाभाटको अध्यक्षतामा भोपाल महिला नगर विभाग गठन गरिएको छ । जसमा: सचिव– सरिता पचभैया, कोषाध्यक्ष– पेमा शर्मा, सदस्यहरुमा क्रमश: सोनु थापा, राधा शर्मा, लक्ष्मी रोका मगर, लक्ष्मी राना, राधिका विक, उमा पाण्डे, प्रियांका केसी र मिना थापा रहनु भएको छ ।
           प्रमुख अतिथि महासचिव खगेश्वर शर्मा, केन्द्रीय सदस्य ताल बहादुर खड्का, क्षेत्रीय अध्यक्ष केवी खड्का, क्षेत्रीय सदस्य लाल बहादुर क्षेत्री, सोनु थापा, रक्तिम अभियानका केन्द्रीय सदस्य विष्णु शर्मा, प्रवासी नेपाली संघ भारतका ओमलाल खनाल, एकता मञ्चका तेजबहादुर विक, गोर्खा कल्याण समाजका दिल बहादुर थापा, नेपाली जनसम्पर्क समितिका लोकमणी घिमिरे, पशुपतिनाथ नेपाली समाजका अध्यक्ष रामु शर्मा लगायतले सम्मेलनमा आतिथ्यता तथा नवनिर्वाचित समितिहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
           घोषणा सभाको सञ्चालन विष्णु शर्माले र अध्यक्षता किम बहादुर कार्कीले गर्नुभएको थियो । एक मिनेट मौनधारण पश्चात अर्जुन जिएमले सम्मेलनमा सहभागिहरुलाई स्वागत गर्नभएको थियो । रक्तिमका कलाकारहरुले सांगितिक प्रस्तुतीबाट स्वागत गरिए पछि अगाडि बढेको सो सम्मेलनमा भव्य जनसहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here