नारनौल, ६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नारनौल नगर समितिले २०७५ सालको जनवादी भैलो कार्यक्रम समापन गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य नारायण शर्मा हुनुहुन्थ्यो ।
झमनसिंह थापाको सञ्चालन कौशल बहादुर सोनीको अध्यक्षता ग्रहणबाट अगाडि बढेको उक्त कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनट मौनधारण गरिएको थियो । तत्पश्चात विष्णुप्रसाद पौडेलले उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय सहसचिव ईश्वरी आचार्य, केन्द्रीय परिषद् सदस्य बाबुराम चुंदाली, महिला क्षेत्रीय बिभागकी पार्वती आचार्य, मूल प्रवाह नगर समितिका कोषाध्यक्ष रवि थापा, महिला नगर विभाग सदस्य सीमा सोनी, नसीवपुर टोल समितिबाट सुनिता पुन मगर, प्रवासी संघका ईश्वर पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियो । भैलोको क्रममा राम्रो योगदान दिएका कलाकारहरुलाई प्रमुख अतिथि नारायण शर्माद्वारा सम्मान प्रदान गरिएको थियो ।