चैत्र, १७ बीरगन्ज। भिषण हावाहुरीका कारण बारा र पर्सा जिल्ला २७ जनाको मृत्यु भएको र ५०० जना भन्दा बढि घाइते भएको प्रहरीले जनाएको छ । आइतवार राती वर्षासँगै आएको भिषण हावाहुरीले ठुलो धनजनको क्षती पुर्याएको छ ।
मृतक र घाइतेहरुको संख्या बढ्न सक्ने प्रदेश नम्वर २ को प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको वीरगञ्ज नेसनल मेडिकल कलेज, नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताल र न्युरो अस्पतालमा वीरगञ्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण मध्य तराइकाे जनजीवन कष्टकर भएकाे छ । थुप्रै घरहरु भत्किएकाेले मानिसहरू घरबाहिर भएका छन्। विजुलीका पोलहरु ढलेका कारण करेण्ट लागेर पनि मानिसहरूकाे ज्यान गएकाे छ । कतिपय इट्टाभट्टा भत्किएकाे हुँदा मानिसहरु पुरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । अहिले उद्धार कार्य जारी छ ।