भावनगर–सुंग्रामा ११ औं सम्मेलन सम्पन्न

0
418
भावानगर सुंग्रा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल नगर समिति अन्तर्गत नगर समिति भावानगर–सुंग्राको ११औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीले गर्नुभएको थियो ।
केसीले सम्मेलनमा प्रवासी नेपाली श्रमिहरुका समस्या र अन्य जनसुविधाबाट प्रवासी नेपालीहरुले खेप्नु परेका समस्याहरुका बारेमा आफूहरुले लगातार केन्द्र तथा राज्य सरकारको ध्यानाकर्षित गर्दै आएको बताउनु भएको थियो । भावानगरमा कार्यरत नेपालीहरुमा पर्ने आपत विपत तथा दुर्घटनामा परेकाहरुलाई उचित क्षतिपूर्तिका लागि एकता समाजले संगठित आन्दोलन चलाउँदै आएको र यसका लागि सम्पूर्ण श्रमजिवी नेपालीहरु जोडिनु पर्नेमा केसीले जोड दिनुभयो ।
सम्मेलनले विरु श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– ग्रयुर्मे तमाङ, सचिव– मुकेश घर्ती, सहसचिव– मोहन बुढ़ा कोषाध्यक्ष– कुमार लामा रहेका छन् । त्यस्तै सदस्यमा: तिलक थापा, टशि शेर्पा, धीरज शाही, टिकाराम, अमर बहादुर, मानसिंह श्रेष्ठ, दिपक शाही वैकल्पिक सदस्यमा: राज ठाकुर, सुरेश तमाङ, दीपक घर्ती र लछी राम रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा मोहन लाल, कमल शाही, शेरबहादुर, सागर श्रेष्ठ र जीत बहादुर गौचन चयन गरेको छ ।
कार्यक्रमको अध्यक्षता विरु श्रेष्ठले र सञ्चालन मुकेश घर्तीले र कार्यक्रममा सहभागिहरुलाई टशि शेर्पा र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
नवनिर्वाचित समितिलाई करन बहादुर तमाङ, सिताराम बुढा, विमलादेवी, आशा देवी, रक्तिमका भुवन केसी र आरके राइले शुभकामना तथा बधाई मन्तव्य दिनुभएको थियो । सम्मेलनमा रामपुर, कुमारसैन, झाकड़ी र कोटलाबाट समेतल उपस्थिति रहेको थियो ।
रक्तिम साँस्कृतिक विभागका कलाकाहरुबाट भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here