ओसाका, जापान / देशको माटो लुटिदा कुन नेपालिको मनमा आक्रोसको ज्वाला नदन्किएला र ? देश भित्र या बिदेश हरेक ठाउमा बस्ने नेपालिको मनमा आक्रोसको ज्वाला दन्किरहेको छ यतिबेला । जापानको ओसाकामा रहेका श्रमजीवी प्रवासी नेपालीमा पनि आक्रोसको त्यो ज्वाला प्रस्ट रुपमा देखियो । अङग्रेजी नया बर्ष २०२० को पुर्व सन्ध्यामा आयोजीत ” शुभकामना आदान प्रदान कार्यक्रम ” मा उनिहरुले कालापानी , लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देश भित्र पारेर जाली नक्सा जारी गर्ने भारतको बिस्तारबादी कदमका बिरुद्द आवाज घन्काए :- ” छोड छोड बिस्तारबाद नेपाल भुमी छोड , भारतिय सेनाहरु कालापानी छोड ,,,,। ”
गित सङ्गीत बाट मात्र होइन शुभकामना दिने अतिथिहरुले पनि कार्यक्रममा देशको माटो लुटिएका बेला स्वाभिमानी नेपालीहरु चुप लाएर बस्न नहुने भन्दै भारतको बिस्तारबादी कदमका बिरुद्ध निरन्तर आन्दोलन अघि बढाउन देशभक्त नेपालीहरुलाइ अपिल गरे ।
नयाँ बर्ष २०२० को अवसरमा जापान नेपाली एकता समाजले ओसाकामा आयोजना गरेको ” शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम” मा बोल्दै उनिहरुले त्यस्तो अपिल गरेका हुन । नया बर्षको पुर्व सन्ध्या अर्थात ३१ दिसेम्बर २०१९ को साझ ओसाकामा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।जापान नेपाली एकता समाजका वरिष्ठ सल्लाहकार नन्दु शर्मा सो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो ।
समाजका अध्यक्ष यमलाल सापकोटाको सभापतित्वमा अघि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य महासचिव तेजेन्द्र क्षेत्रीले राख्नु भएको थियो भने संचालन केन्द्रिय सदस्य मिलन शर्माले गर्नु भएको थियो । कार्यक्रममा जापान नेपाली एकता समाजका केन्द्रिय सदस्यहरु हेमलाल गौतम र कमल कार्की , रक्तिम सास्कृतिक अभियान जापानका केन्द्रिय सदस्यहरु गोपाल खत्री र टीका केसिको पनि आतित्यता रहेको थियो । ओसाकामा कृयासिल प्रवासी नेपालीहरुका विभिन्न सङ्गठनहरुका प्रतिनिधिहरु , नेपाल बाट जापान घुम्न गएका त्यहा श्रम गरिरहेका श्रमजीवी प्रवासी नेपालिका अभिभावकहरु र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी र अतिथिहरुले मन्तव्य द्वारा शुभकामना आदान प्रदान गरे पश्चात् सास्कृतिक कार्यक्रम सुरु भएको थियो । जापान रक्तिममा केन्द्रिय सदस्य टीका केसिले कार्यक्रममा रक्तिमको चर्चित गित ” छोडछोड बिस्तारबाद ” प्रतुत गर्नु भएको थियो । जापान नेपाली एकता समाजको नौमती बाजा टोलिको विशेष प्रस्तुती रहेको सो सास्कृतिक कार्यक्रममा कलाकारहरु सृजना गौतम र भावना सापकोटाले विभिन्न नेपाली गितहरुमा सुन्दर र आकर्षक नृत्य प्रतुत गर्नु भएको थियो । लोक दोहरी क्षेत्रका चर्चित अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुले समेत कार्यक्रममा विभिन्न गितहरु प्रतुत गरेका थिए । सबै कलाकारका प्रस्तुतीहरुमा सहभागी दर्सकहरु रमाइ रमाइ नाचेका थिए ।