भारतस्थित नेपालीहरु झन् पछि झन् असुरक्षित बन्दैछन्ः हिरासिंह चन्द

0
1052

लुधियान फोकलपाइन्टको १४ औं सम्मेलन सम्पन्न

लुधियाना फोकलपाइन्ट, १६–१७ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत लुधियाना फोकलपाइन्ट नगर ससमिकिो १४औ नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलन प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष हिरासिंह चंदले करतार ध्वनिमा मोमबत्ती वालेर उदघाटन गर्नु भयको थियो । चन्दले उद्घाटन समारोहलाई सम्वोधन गर्दै भारतस्थित नेपालीहरु झन पछि झन असुरक्षित बन्दै गइरहेको बताउनु भयो । “हामी व्यापक रुपमा जनतालाई संगठित गरेर मात्र हाम्रा अधिकारहरुको रक्षा गर्न सक्ने छौ ।” चन्दले भन्नु भयो– “यो सम्मेलन अभियानले त्यही कार्य सम्पन्न गर्ने मार्ग दर्शन गर्दछ ।”
         अर्को तर्फ नेपाली राष्ट्रियता पनि झन् पनि झन् खतरामा पर्दै गइरहेको चन्दले बताउनु भयो । “नेपाली जनताले जबसम्म राष्ट्रियता असुरक्षा परेको अनुभूति गर्दैन तबसम्म हामीले संगठित आन्दोलनलाई अगाडि बढाउनु पर्ने आवश्यकता छ ।” जब जब राष्ट्र, राष्ट्रियता, जनतन्त्र खतरामा परेको अवस्था आउँछ– श्रमजिवी नेपालीहरुले आफू विश्वको जुनसुकै स्थानमा रहेर पनि राष्ट्र र जनतन्त्रको रक्षार्थ आन्दोलमा एक जुट बन्ने गरेको चन्दले बताउनु भयो ।
          अशोक विकको अध्यक्षता तथा हरि केसीको सञ्चालनबाट अगाडि बढेको उद्घाटन समारोहमा अतिथी हरुको आशन ग्रहण र ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पछि उमेश थापाले स्वागत गर्नु भयको थियो ।
        केन्द्रीय परिषद् सदस्य दोर्ण पोखरेल, क्षेत्रीय सदस्यहरु उदय सिंह चंद र कैलाश खडकाले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
        सम्मेलनले राजकुमार अधिकारीको अध्यक्षतामा नयाँ समिति निर्वातिच गरेको छ । जसमाः उपाध्यक्ष– हरि केसी, सचिव– अर्जुन कार्की, सहसचिव– उमेश थापामगर र कोषाध्यक्ष– हरि शर्मा रहेका छन् । त्यसतै सदस्यहरुमाः अशोक विक, देवीराम थापा, विमला अधिकारी, धन प्रसाद अधिकारी, जनक रिजाल, श्यामु दर्लामी, दुर्गा देवी रिजाल, पुर्ण वरौले मगर, वैकल्पिक सदस्यहरुमाः रुकराज पौडेल, धनबहादुर घर्ती मगर, लोकनाथ शर्मा, इद्र केसी, लक्ष्मी भट्ट र चेत आर के रहेका छन् । त्यस्तै सम्मेलनले लोकनाथ पाण्डे, संत सुन्धौली, मोहन केसी, मिना थापामगर, कविता थापामगर, कमल थापा, नरबहादुर कुवर, रामलाल शर्मा, हिमलाल पौडयाल, सुरज केसी र चन्द्रिका विकलाई सल्लाहकार चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय कोषाध्यक्ष दिनेश खड्काले गर्नुभएको थियो ।
         प्रमुख अतिथी हिरासिंह चंद, अतिथिहरु क्रमशः दोर्ण पोखरेल, लोकनाथ पाण्डे, क्षेत्रीय समितिका उदय सिंह चंद, कैलाश खडका, खेमराज पोखरेल, राजकुमार अधिकारी, रक्तिमका नारायण पोखरेल, वसन्त थापा, गोविन्द परियार, समाता विभाग का रामबहादुर ताम्रकार, महिला विभाग कि विमला अधिकारी, विद्यार्थी विभागका नविन चंद, रोपड नगर समितिबाट सोभाराम सापकोटा, मंडि गोविन्दगढबाट लालबहादुर विक, लुधियाना सिटीबाट गणेश विक, नेपाली एकतासमाज भारतका महेन्द्र घिमिरे, प्रवासी संघका छविलाल भट्टराइ लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
         घोषणा सभाको अध्यक्षता जनक रिजालले र सञ्चालन अशोक विकले गरेका थिए । अतिथीहरुको आशन ग्रहणपछि हरि केसी र कलाकारहरुले स्वागत गरेका थिए । कार्यक्रमको अन्तमा भव्य साँस्कृतिका कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here